Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पर्यटकीयस्थल ‘चिण्डो पोखरी’ सफा गर्न श्रमदान

Author Avatar साझा न्यूज 27th July 2023 , 2:10 PM
पर्यटकीयस्थल ‘चिण्डो पोखरी’ सफा गर्न श्रमदान

खोटाङ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा निर्माण गरिएको बाबु (चिण्डो) पोखरी जनश्रमदानमार्फत सफा गरिएको छ । वर्षात्को भलबाढीका कारण पोखरी पुरिएपछि वडा कार्यालय खिदिमाको पहलमा स्थानीय बासिन्दा भेला गराएर पोखरीमा भरिएको ढुङ्गा, गिट्टी तथा बालुवा निकालिएको हो ।

साकेला गाउँपालिकाको लगानीमा दुई वर्षअघि निर्माण गरिएको उक्त पोखरी वर्षातको भलका कारण पुरिएको थियो । किराती मिथक र मुन्धुममा आधारित रहेर निर्माण गरिएको उक्त चिण्डो पोखरी पुरिएर अस्तित्व नै हराउन लागेपछि श्रमदानमार्फत सफा गरिएको वडाध्यक्ष गोविन्द तामाङले बताए । जनश्रमदान गर्न खिदिमाका एक सयभन्दा बढी स्थानीयको साथमा जनप्रतिनिधि, राजनीतिककर्मी, कर्मचारी तावाभञ्ज्याङ पुगेका थिए ।

उक्त पोखरी सफा गर्न र जनश्रमदानलाई साथ दिन साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईको पनि उपस्थिति थियो । स्थानीय नागरिकसँगै गाउँपालिका प्रमुख र उपप्रमुख दुवैले पोखरीमा भरिएको बालुवालाई निकालेर व्यवस्थापन गर्न सहयोग गरेका थिए ।

वडा कार्यपालिकाले चलाएको श्रमदान अभियान उदाहरणीय भएको बताउँँदै गाउँपालिका प्रमुख राईले अन्य वडाले पनि विकासका कार्यमा श्रमदान अभियान सञ्चालन गर्न जरुरी रहेको बताएका छन् । ‘विकासका संरचना बिग्रदै गएको छ, त्यसलाई सपार्न करोडौँ रकमखर्च हुन्छ, जनताको प्रत्यक्ष सरोकार राख्ने प्रकारका भौतिक विकासमा श्रमदान अभियान चलाउन सके राज्यको करोडौँ रकम जोगिन्छ’, गाउँपालिका प्रमुख राईले भने, ‘गाउँपालिकामा सञ्चालित योजनालाई दीगो र उपयोगी बनाउन हरेक वडामा श्रमदान अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । यसमा सबैको साथ आवश्यक छ ।’

नेपाल सरकारको एक सय वटा गन्तव्यको सूचीमा समावेश मुन्धुम ट्रेलसँगै जोडिएको उक्त चिण्डो पोखरी सफा गर्न कम्तीमा पनि रु दुई लाख ५० हजार रकम लाग्ने अनुमान थियो । श्रमदान अभियानमा खुवाइने खाजा समेत स्थानीयस्तरमा उत्पादन हुने खाद्य वस्तुको प्रयोग गर्ने गरिएको छ । आयातित सामग्रीलाई प्रतिबन्ध गर्दै वडाबाट सञ्चालन गरिने कार्यक्रम स्थानीय उत्पादनलाई प्राथिमकता दिइने निर्णय गरिएको वडाध्यक्ष तामाङले जानकारी दिएका छन् । खिदिमामा हुने विकासे योजनाको मर्मत गर्नका लागि श्रमदान अभियानलाई निरन्तरता दिन वडा कार्यपालिकाबाटै निर्णय गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज