पाकिस्तानमा रहेको केटू हिमाल ब्रोडपिक (८,६११ मिटर) को क्रिस्टिन, तेन्जेन र शेर्पा गाइड मिङ्तेम्बा शेर्पाले आज (बिहीबार) बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिए । उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिना एक दिनमा सफल आरोहण गरेका छन् । क्रिस्टिनले १४ वटै हिमालहरु शेर्पा गाइड तेन्जेन शेर्पासँगै नै आरोहण गरेकी हुन् ।
हरिला र तेन्जेनले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तीन महिनामै आरोहण गरेका हुन् । यसअघि, पुर्जाले सात महिनाभन्दा कम समयमै आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए । क्रिस्टिन र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चोयु, शिशपाङ्मा, नंगा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटू हिमालको सफल आरोहण गरेका छन् ।