Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचन आयोगद्वारा सुदूरपश्चिमका ७९ जनालाई जरिवाना

Author Avatar साझा न्यूज 27th July 2023 , 3:17 PM
निर्वाचन आयोगद्वारा सुदूरपश्चिमका ७९ जनालाई जरिवाना

धनगढी, साउन ११ गते । निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाएको कसुरमा नेपाली कांग्रेसका नेताद्वय नारायणप्रकाश साउद (एनपी साउद) र रमेश लेखकसहित सुदूरपश्चिम प्रदेशमा ७९ जना उम्मेदवारलाई जरिवाना गरेको छ ।

तोकिएको समयमा निर्वाचन खर्च विवरण सार्वजनिक नगरी निर्वाचन ऐनको उल्लङ्घन गरेका कारण आयोगले जरिवाना गरेको हो । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम उनीहरुलाई जनही १५ हजार रुपियाँका दरले जरिवाना गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने सबै उम्मेदवारबाट यो प्रदेशमा ११ लाख ८५ हजार राजस्व उठ्नेछ ।

२०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई कानुनले तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेस गर्न आयोगले निर्देशन दिएको थियो ।

तर, सुदूरपश्चिममा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका ३७ र प्रदेश सभातर्फ उम्मेदवारी दिएका ४२ जनाले निर्वाचन खर्च नबुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि सभातर्फ जम्मा १३७ जनाले उम्मेदवारी दिएकोमा १०० जनाले निर्वाचन खर्च विवरण बुझाएका छन् । यसैगरी, प्रदेश सभातर्फ १९३ जना उम्मेदवारमध्ये १५० ले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

जरिवानामा पर्नुभएका साउँद र लेखक कञ्चनपुरबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियो । साउद अहिले मन्त्री हुनुहुन्छ । यसैगरी, आयोगले कञ्चनपुरबाटै उम्मेदवारी दिएका दिल्लीबहादुर शाही, खेम सुवेदी, जगतबहादुर सायर, हरिनादेवी भट्ट, रास्वपाका देवराज जोशी, रामकिसन राना, अशोकबहादुर सिंह, जगदीश अवस्थीलाई जरिवाना गरेको छ ।

यस्तै, वीरबहादुर बोहरा, प्रेमसिंह बडाल, लोकराज भट्ट, विद्यादेव जोशी, दुर्गादत्त पाण्डेय, शारदादेवी चन्द, दीपकबहादुर सिंह, सुभाषसिंह धामी, मदन दमाई, कृष्ण लुहार, सुशीलादेवी विष्ट र अम्बादत्त तिवारीलाई पनि जरिवाना गरिएको छ ।

कैलालीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका विजयसिंह मयाल, नवीनकुमार बोहरा, भीमबहादुर थापामगर, रामबहादुर सिंह र सत्यराज उपाध्यायलाई आयोगले जरिवाना गरेको छ ।

बैतडीबाट उम्मेदवारी दिएका देवबहादुर चन्द, कृष्णप्रसाद गोसाइ, मानसिंह विष्ट, केशवबहादुर चन्द, त्रिलोकबहादुर चन्द, प्रकाशचन्द्र भट्ट, आनसिंह भण्डारी, कृष्णबहादुर चन्द, हिम्मतबहादुर चन्द र नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवरलाई जरिवाना गरिएको छ ।

आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐनको दफा ३१ को उपदफा (२) बमोजिम गएको वैशाख ६ देखि १२ गतेसम्म निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयलाई गराउन निर्देशन दिएको थियो । तोकिएको उक्त समयमा विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरिएको जनाइएको छ ।

साथै, जरिवाना लागेका उम्मेदवारलाई ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आदेश दिइएको छ ।

यसैगरी, सात दिनभित्रै निर्वाचन खर्च सार्वजनिक गरेर सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन पेस गर्न पुनः आदेश दिएको छ । जरिवाना वापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाइने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, जरिवानावापतको रकम सरकारी बाँकीसरह असुलउपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय भएको आयोगले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज