Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

Author Avatar साझा न्यूज 27th July 2023 , 3:58 PM
सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

धनुषा, साउन ११ गते । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

बिहिबार धनुषाको सपहीस्थित स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको प्राङ्गणमा विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण गरिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको हस्तान्तरण र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले स्वास्थ्य सेवा सुधारका लागि मन्त्रालयले विभिन्न क्षेत्रमा दिनरात कामकाज गरी रहेको भन्दै छ महिनाभित्रमा स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने उहाँको कथन थियो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न किसिमका भेदभाव र विकृतिहरुलाई समाप्त पार्दै काम गर्ने मान्छेलाई वातावरण दिनु पर्छ भन्ने मान्यताका साथ मन्त्रालय अघि बढेको जानकारी गराउनु भयो ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीको योग्यता क्षमता वृद्धिका लागी अन्तर्राष्ट्रिय स्तरमा तालिमहरु दिने काम काजहरु भइरहेको भन्दै त्यस्ता तालिममा हुम्लामा बसेर काम गर्ने कर्मचारीले पनि सहभागी भई विदेश भ्रमण गर्न पाउनेजस्ता अवसरहरु मन्त्रालयले प्रदान गर्न लागेको बताउनु भयो । उहाँले काम गर्नेलाई पुरस्कार र काम नगर्नेलाई दण्ड हुनुपर्ने मान्यताका साथ मन्त्रालयले मूल्यांकन गरिरहेको बताउनु भयो ।

मन्त्री बस्नेतले जनसंख्याको हिसाबले बढी जनसंख्या भएको प्रदेश मधेश प्रदेश रहेको कारण एउटा प्रदेशमा एउटा विशेषज्ञ सेवा हुनुपर्ने बताउनु भयो । जनकपुरधाममा मुटु रोगको सेवा प्रभावकारी बनाउने विषयमा प्रक्रिया अघि बढाइने र यसले मुटु रोगका विरामीलाई काठमाडाँै धाउनुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री बस्नेतले बताउनु भयो ।

प्रदेशको कुनै पनि ठाउँमा कुनै किसिमको आपत विपत आएमा अब आपतकालीन कार्य संचालन केन्द्रले विभिन्न निकायसँग समन्वय गरी तत्कालै समस्या समाधान गर्नमा मद्दत पु¥याउने उहाँको कथन थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य अवस्थालाई सवल र सुदृढ बनाउनका लागि आफू लागि परेको बताउनु भयो । उहाँले मधेश प्रदेशको प्रादेशिक सबै अस्पतालमा आजैबाट लागु हुने गरी जेनरल वेड निःशुल्क गरिएको बताउँदै प्रदेश सरकार सुलभ रुपमा स्वास्थ्य सेवा दिन चाहेको छ भन्नुभयो ।

यसमा सबैको सहयोग आवश्यक भएको बताउँदै प्रदेशभित्र मापदण्ड विपरीत संचालित औषधी पसल र निजी अस्पतालहरुलाई मापदण्डको दायरामा ल्याउने किसिमले कामकाज भइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णकुमार यादव, लक्ष्मीनियाँ गाँउपालिकाका अध्यक्ष भोगेन्द्र झा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संघीय सचिव रोशन पोखरेल, स्वास्थ्य अतिरिक्त सचिव संगिता कौशल मिश्र, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजी राउ पाण्डव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव प्रमोदकुमार यादव, मधेश प्रदेशका स्वास्थ्य निर्देशक राजीव झा, जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक श्रवण कुमार मिश्रसहितकाको सहभागिता रहेको थियो ।

मन्त्री बस्नेतले आजै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुभयो । सो क्रममा उहाँले डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि तिनै तहका सरकारले एक अर्कासँग समन्वय गरी कामकाज गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज