Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वडास्तरका सबै योजना महिलाको नेतृत्वमा सम्पन्न

Author Avatar साझा न्यूज 1st August 2023 , 4:12 PM
वडास्तरका सबै योजना महिलाको नेतृत्वमा सम्पन्न

रुकुम पश्चिम – संविधानले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य गरेपछि विकास÷निर्माणका योजनाहरूमा महिला सहभागिता बढ्दै गएको छ । विकास÷निर्माणका योजनाहरूमा महिलालाई सदस्य तथा कोषाध्यक्षसम्ममा राखेर नाम मात्रको सहभागिता देखाउने गरेको गुनासो आइरहेको बेला रुकुम पश्चिमको एउटा वडाले भने वडाबाट सञ्चालित सबै योजना महिलाकै नेतृत्वमा सम्पन्न गरेको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १ ले आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न गरेका सबै विकासका काम महिलाकै नेतृत्वबाट सम्पन्न गरेको हो । वडाध्यक्ष ज्ञानु चन्द्र चन्दले गएको आर्थिक वर्षमा वडा कार्यालयबाट विनियोजित बजेटमा भएका विकासे कामहरू महिलाको नेतृत्वमा सम्पन्न गरिएको बताउनुभयो । वडा कार्यालयले गोरेटो बाटो, सडक, सामुदायिक भवन, प्रतीक्षालय, ट्रस निर्माण लगायतका योजना महिलाकै नेतृत्वमा सम्पन्न गरेको हो ।

वडाध्यक्ष चन्दका अनुसार विकासका काममा महिलाको पहुँच, सशक्तीकरण र अवसरका लागि यस्तो कार्य गरिएको हो । उहाँले गएको आवमा वडा क्षेत्रमा उपभोक्ता समितिमार्फत सम्पन्न भएका २१ वटा योजनाको नेतृत्व महिलाले गरेका बताउनुभयो । वडामा निर्वाचित जनप्रतिनिधिले निर्णायक तहमा महिलाको सहभागिता बढाउनका लागि सबै उपभोक्ता समितिमा महिला अध्यक्ष र समितिमा महिलाको बाहुल्यता रहने गरेर सहमति गरिएअनुसार उपभोक्ता समिति निर्माण गरिएको हो । वडा कार्यालयको तथ्याङ्कअनुसार वडाबाट विनियोजित ९८ लाख र प्रदेशबाट आएको १५ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक योजनाको निर्माण उपभोक्ता समितिमा महिलालाई नै अध्यक्ष बनाइएको हो । कतिपय योजनाको निर्माण समितिमा महिलामात्र पनि रहेका थिए ।

वडाध्यक्ष चन्दले महिलाको अगुवाइमा भएका यी सबै योजना समयमै सम्पन्न भएको बताउनुभयो । उहाँले पुरुषले योजनाको मूल्याङ्कनमाथि प्रश्न गर्ने, गुनासो गर्ने, समयमा काम नगर्ने, यो वा त्यो बहाना गरेर पन्छिने गरेको बेलामा महिलाले इमानदारिताका साथ योजना सम्पन्न गरेको बताउनुभयो । सबै समितिले तोकिएको समय र बनाइएको लागत विवरणअनुसार काम गरेको उहाँको भनाइ छ ।

वडा नम्बर १ को चौफारी–मुखियाटोल–काँडेदह बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रश्मी पुन केसीले समितिमा सबै महिलामात्र रहेको बताउनुभयो । महिलाले पनि गर्न सक्छन् भन्ने गरेर उदाहरणीय काम गरेको उहाँले जनाउनुभयो । वडाको पाँच लाख रुपैयाँ बजेटमा तोकिएकै समयमा काम सकिएको उहाँले बताउनुभयो ।

घिमाने सामुदायिक भवन निर्माण समितिकी अध्यक्ष गीता खड्काले वडा कार्यालयले महिलालाई राम्रो अवसरको सिर्जना गरेको बताउनुभयो । खड्काले भन्नुभयो, ‘हामीले वर्षाैँदेखि महिलाको नेतृत्व र निर्णायक तहमा सहभागिताका बारेमा बोलिरहेका थियौँ, हाम्रो माग वडा सरकारले सुनुवाइ गरेको महसुस भएको छ ।’ उहाँले पुरुषको साथ र सरकारको सकारात्मक पहलले महिलामा हौसला थपिएको जनाउनुभयो ।

यसअघि गाउँमा कुनै भेला, बैठक तथा छलफल गर्नुपरेमा खुला चौर अथवा व्यक्तिको घरमा बस्नुपर्ने बाध्यता रहेकोमा अब त्यो समस्या पनि समाधान भएको छ । बैठक हल, कार्यालय कोठा, शौचालयसहित निर्माण सम्पन्न भएको सामुदायिक भवनमा टोलका ४२ घर लाभान्वित हुने बताइएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा पनि वडामार्फत हुने विकास÷निर्माणका योजनाहरूमा पनि महिलाकै नेतृत्व राख्न पहल गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

भर्खरै प्रकाशित

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

आर्थिक समुन्नतिको नेतृत्व गर्ने कांग्रेस बनाउने चौधरीको प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज