Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकारी सेवालाई प्रभावकारी बनाउनु पर्छ ः सांसद अधिकारी

Author Avatar साझा न्यूज 7th November 2023 , 7:30 PM
सरकारी सेवालाई प्रभावकारी बनाउनु पर्छ ः सांसद अधिकारी

कपिलवस्तु २१ कार्तिक
संघीय सांसद बलराम अधिकारीले जिल्लाका विषयगत कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउनु पर्ने बताएका छन । जिल्ला समन्वय समिति कपिलवस्तुले तौलिहवामा राखेको दुई दिने सातौं वार्षिक समीक्षा कार्यक्रममा उनले सबै कार्यालय प्रमुखहरुलाई सो आग्रह गरेका ह्ुन ।
उनले योजनाहरुको छनौट र कार्यान्वयनमा मातहतका कार्यालयहरु चनाखो हुनु पर्ने बताए । योजनाहरुमा दोहोरोपना आउन नहुने तर्फ सबै लाग्नु पर्नेमा सांसद अधिकारीले जोड दिए । संघीय सांसद मंगलप्रसाद गुप्ताले भौतीक पूर्वाधारका क्षेत्रमा काम गर्ने कार्यालयले शुसासन युक्त तवरले काम गर्न आग्रह गरे । उनले बहादुरगंज स्थित शिवराज अस्पतालको पछिल्ला अवस्थाको बारेमा निराशाजनक स्थिती रहेको तर्फ सम्बद्ध सरोकार कार्यालयलाई ध्यानाकर्षण समेत गराए ।
प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बिगतका दिनहरुमा लक्ष्य अनुसार सम्पन्न भएका कार्यक्रमहरुको लक्ष्य हासिल भए÷भएनन् र आगामी दिनहरुका लागि कस्ता लक्ष्यहरु पुरा गर्न खोजी रहेका छौ भन्ने यस्ता कार्यक्रमहरुबाट नै जानकारी हुने भएको हुँदा जिल्लाका सम्पुर्ण पालिकाहरु तथा बिषयगत कार्यालयले समन्वयकारी भुमिकालाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले ०७९÷०८० मा भएका प्रगती बिवरण प्रस्तुत गरेका थिए । कपिलवस्तु जिल्लामा ३४ वटा संघ अन्तर्गतका कार्यालय छन् भने १७ वटा प्रदेश अन्तर्गतका कार्यालय छन् । समिक्षा कार्यक्रममा अधिकांश कार्यालयहरुका प्रमुखहरुले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लाका १० वटा पालिका र विषयगत कार्यालयहरुले आर्थिक बर्ष ०७९÷८० मा गरेका गतिविधिहरुका बारेमा समीक्षा गरिएको हो ।
संघीय सांसद बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा समन्वय समिति प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्याल, बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सरकारी कार्यालयका प्रमुखहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षता, उपप्रमुख रमेश कुर्मीको स्वागत तथा जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज