Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महेन्द्र गेटको झल्को दिने स्वागतद्वारको निर्माण सुरु

Author Avatar साझा न्यूज 7th November 2023 , 9:56 PM
महेन्द्र गेटको झल्को दिने स्वागतद्वारको निर्माण सुरु

कपिलबस्तु, कात्तिक २१ गते । कपिलबस्तुको तौलिहवामा महेन्द्र गेटको झल्को दिने गरी प्राचीन कपिलबस्तु दरबार स्वागतद्वारको निर्माण सुरु गरिएको छ । तत्कालीन राजा महेन्द्र शाहको भ्रमणको क्रममा बिक्रम संबत २०१५ सालमा कृषि विकास बंैक अघि निर्माण गरिएको महेन्द्र स्वागतद्वार २ बर्ष अघि हु्लाकी राजमार्ग विस्तारको क्रममा भत्काइएको थियो ।

सो लगत्तै कपिलवस्तुबासीको माग अनुसार अहिले त्यही गेटको झल्को दिने गरी स्वागद्वाराको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले शिलान्यास गर्नु भएको छ । अहिले कपिलवस्तु नगरपालिको अगाडी दुई मेडियनको बिचमा हुने गरी द्वारको निर्माण कार्य अघि बढाइएको हो । हुलाकी सडक अन्तर्गत नगरको वडा नम्बर २ र ३ छुने प्रवेश गेटलाई हुलाकी सडकको दुई मेडियनहरुका बिचमा पिलर निर्माण गरिने छ ।

गेटका दुई पिलर बिचको चौडाई १० मिटरको रहने छ । २ मिटर गहिराईको पिलरमा निर्माण हुने गेटको दुबै तर्फ ५ दशमलब ७० सेन्टिमिटर र बिचमा ८ दशमलव ६२ मिटरको उचाई दिई पुरानै महेन्द्र गेट झै देखिने गरि निर्माण कार्य अगाडी बढाईने कपिलवस्तु नगरपालिकाका ईन्जिनियर राजेश कुमार सैनीले बताउनुभयो ।

निर्माण सम्पन्न गर्नका लागी ४४ लाख ५६ हजार ७ सय ३७ रुपैया रकममा २०८० असार १५ गते सम्झौता गरिएको निर्माण कार्य यहि मंसिर १५ गते सम्म पुरा गर्नु पर्ने समय सिमा तोकिएको छ । गेट निर्माण कार्यको ठेक्का खाडाचक्र १ कालिकोटको निर्माण व्यवसायी कम्पनी सन्देश निर्माण सेवाले पाएको छ । कपिलवस्तुको चिनारी र जिल्लाबासी कै माग अनुसार ईतिहासलाई जिवन्त राख्न पुरानै स्वरुपमा गेट निर्माण थालिएको नगर प्रमुख पौडेलले बताउनुभयो । यद्यपि महेन्द्र गेटको नाम परिवर्तन गरी प्राचिन कपिलवस्तु दरबार स्वागद्वारा राखिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘महेन्द्रगेटको झल्को अझै पनि सबैमो मानसपलटमा छ, त्यही कुरा जीवन्त राख्न गेट निर्माण सुरु गरिएको हो ।’

सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल, वडा नम्बर १ का वडाध्यक्ष मोहम्मद जाहिद खा, ३ का वडाध्यक्ष प्रकाश गैरे, ४ का वडाध्यक्ष रबिन्द्र प्रताप तिवारी, ५ का वडाध्यक्ष दिरेप कुमार चौधरी, ९ का वडाध्यक्ष दिपक गुरुङ र ११ का वडाध्यक्ष राम गोपाल यादव लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज