कपिलवस्तु जिल्लाका राजनैतिक तथा सामाजिक नेता स्वर्गीय भगवानदास गुप्ताको २६ औं वार्षिक स्मृति सभा तौलिहवामा सम्पन्न भएको छ । स्वर्गीय भगवानदास गुप्ताका पुत्र निवर्तमान सांसद बृजेश कुमार गुप्ता, भाई कपिलवस्तुकाका पुर्व नगर प्रमुख रामदास गुप्ता लगायतको उपस्थितमा सम्पन्न कार्यक्रममा नेता स्वर्गीय भगवानदास गुप्ताको योगदानको बारेमा स्मरण गरिएको थियो ।
कार्यक्रममा स्वर्गीय भगवानदास गुप्ताका छोरा पुर्व मन्त्री बृजेश कुमार गुप्ताले आफु पिताजीले देखाएको असल बाटोमा हिड्ने र राजनितिमा निष्ठा, आदर्श र ईमान्दारितालाई सदैव कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य बलराम अधिकारी, अमृता अग्रहरी, लुम्विनी प्रदेश सभा सदस्यहरु मधु सुदन शरण चौधरी, विष्णु पन्थी, यशोधरा गाउंपालिकाका प्रमुख शिवदयाल तिवारी, नेकपा एमालेका जिल्ला नेताहरु झवी पोख्रेल, टिकाराम अर्याल युवा नेताहरु धिरज कुमार गुप्ता, डाक्टर राजेश गुप्ता, तुलसा गैरे लगायतको उपस्थिति रहेको थियो । जिल्लाको राजनैतिक तथा सामाजिक क्षेत्रमा स्वर्गीय भगवानदास गुप्ताले गरेको योगदानको स्मरण गर्दै कपिलवस्तु नगरपालिकाले सदरमुकाम तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय चौकमा अर्धकदको शालिकमा स्थापना गरिएको छ ।
भगवानदास स्मृति दिवसको अवसरमा कपिलवस्तु बालगृहका बालबालिका र कपिलवस्तु अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।