Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न अन्तिम चरणको मनोनयन दस्ताबेज तयार हुँदै

Author Avatar साझा न्यूज 18th November 2023 , 3:09 PM
पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि अन्तिम चरणको मनोनयन दस्ताबेज पेस गर्ने तयारी भइरहेको छ । यस अघि पहिलो चरणको प्रस्तावित मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रमा सूचीकृत गर्ने प्रक्रिया अनुसार गत सेप्टेम्बरमा युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको थियो ।

दोस्रो चरणको मनोनयन दस्ताबेजको कामको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल र परामर्श भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा।डंकन मार्सलद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्ताबेजको मस्यौदाबारे पनि आवश्यक छलफल चलिरहेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्ताबेज तयारीका संयोजक ज्ञानिन राईले जानकारी दिए । विकास कोषले डा।डंकन मार्सलाई रणनीतिक मनोनयन दस्ताबेजको मस्यौदाको जिम्मा दिने निर्णय यस अघि नै गरेको थियो ।

तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरूबाट चाहिने आवश्यक काम गरिहरेको राईले बताए ।

राईका अनुसार पहिलो मस्यौदा पछि अव दोस्रो चरणको मस्यौदा मन्त्रीपरिषद्ले पास गरेपछि फान्सको पेरिसमा दर्ता गर्नुपर्ने हुन्छ । यसपछि थप प्रक्रिया अगाडि जान्छ ।

के के काम भएका छन् ?

तिलौराकोट विश्व सम्पदा सुचीमा सुचीकृत गर्नको लागि धेरै पहिलेदेखि तयारी थाले पनि विभिन्न कारण प्रस्ताव पेस गर्ने अवस्था सम्म लुम्बिनी विकास कोष पुगेको थिएन । पछिल्लो वर्षहरूमा लुम्बिनीको विकास कोष र प्रदेश सरकारको सक्रियतामा तिलौराकोटमा उत्खनन कार्यले तीव्रता पाएको छ ।

उक्त कार्यसँगै यहाँका बस्तुहरू पुरातात्त्विक महत्वको रहेको र संरक्षणको हिसाबले पनि धेरै महत्त्व पाएको प्राध्यापक डा जितु गिरीले बताए ।

उनले तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नको लागि प्रक्रिया लैजान सरकारले ढिला गरेको बताए । उनले भने– यति महत्पूर्ण र ऐतिहासिक स्थानको लागि बल्ल युनेस्कोको प्रक्रियामा लगेका छन्, त्यो धेरै पहिले नै लैजानुपर्ने हो ।

अव अन्तिम मस्यौदा लागि मङ्सिर ५ गते देखी १५ गते सम्म तिलौराकोटमा निष्कर्षको लागि विज्ञहरू तथा सरोकारवालसँग लगातार छलफल गर्ने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्ताबेज तयारीका संयोजक ज्ञानिन राईका अनुसार उत्खनन,वातावरण, पुरातात्त्विक,पर्यटन सबै आधार मानेर मनोनयन गर्नुपर्ने हुन्छ ।

त्यसको लागि यस अघि भएका उत्खननका प्रमाण, पर्यटन आधार, पुरातात्त्विक विभागको डकुमेन्ट र वातावरण आदिको सबै क्षेत्रको काम भइरहेको  बताए। उनले भने– हामी मस्यौदा निर्माणको अन्तिम चरणमा छौँ, मनोनयन दस्ताबेज फाइनल गर्ने काम भइरहेको छ ।

विश्व सम्पदा महासन्धि अनुसार सेप्टेम्बरभित्र तयार मस्यौदा मनोनयन दस्ताबेज पुरातत्त्व विभाग हुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत विश्व सम्पदा केन्द्रमा पेस गरिने अन्तिम मनोनयन दस्ताबेज नेपाल सकारले सन् २०२४ को फेब्रुअरी १ तारिख अगावै पेस गर्नुपर्ने यूनेस्को महासन्धिमा उल्लेख छ । सोही भित्र रहेर काम गरेको राईले बताए ।

यूनेस्को जापानीज फण्डइन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटाएको थियो ।

के प्रक्रिया हुन्छ ?

तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ । लुम्बिनी विकास कोष सूचना अधिकारी डा हरिध्वज राईका अनुसार सरकारले आर्थिक वर्ष ०७७÷७८ र ०७८÷७९ को नीति तथा कार्यक्रम र बजेटमा तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउने उल्लेख थियो । २०७८ कात्तिकमा कोषले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सहजीकरणको लागि निर्देशक समिति समेत बनाएको थियो ।

सोही आधारमा लुम्बिनी विकास कोषका उपाध्यक्ष संयोजक रहने गरी ८ सदस्यीय निर्देशक समिति गठन पनि भएको थियो । जसमा यसमा पर्यटन मन्त्रालयको संस्कृति महाशाखा प्रमुख, पुरातत्त्व विभागका महानिर्देशक, लुम्बिनी विकास कोषका सदस्य सचिव, कपिलवस्तु नगरपालिका नगर प्रमुख, यूनेस्को प्रतिनिधि र पुरातत्त्व विभाग विश्व सम्पदा शाखा प्रमुख र कोषका एक जना प्रतिनिधि रहेका छन् ।

हाल अन्तिम चरणको काम सकिएपछि सरकारले पेरिसमा फेरी मनोनयन गर्नेछ । त्यहाँ रहेका राष्ट्रहरूको निर्णयको आधारमा युनेस्कोले निर्णय गर्नेछ । युनेस्कोमा १९५ मुलुक सदस्य रहे पनि मताधिकार भने २१ वटा राष्ट्रलाई मात्र रहेको छ ।

नेपालले मताधिकार भएको राष्ट्रसँग साउदी अरबको सम्मेलनमा पनि सहयोग मागेको राईले बताए । कपिलवस्तुको तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृत भयो भने लुम्बिनी पछिको सबैभन्दा महत्त्वपूर्ण सम्पदा क्षेत्र बन्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज