Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

Author Avatar साझा न्यूज 22nd November 2023 , 1:31 PM
कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

तौलिहवा, मंसिर ६ गते । कपिलबस्तुको जगदीशपुर तालमा माछाको भुरा छाडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडिएको हो । ‘जलीय जैबिक बिबिधताको संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौ’ भन्ने नाराका सहित भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले दिवसमा अवसरमा सो तालमा स्थानीय र बिकासी जातका माछाका भुरा हालेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य जगदशीपुर जलासय ब्यवस्थापन बहुरोकार मन्चका अध्यक्ष ललित गुरुङ, बिज्ञ केन्द्रका प्रमुख डाक्टर प्रबेज आलम लगायतले तालमा भुरा हालेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले ब्यवसायिक माछा पालनमा कृषकहरुलाई आकर्षित गर्ने खालका कार्यत्रलम ल्याउनु पर्ने बताउनुभयो । उत्पादन गरेका माछाको बजारीकरणका लागि सरकारले पहल गर्नु पर्ने उहाँको भनाई छ । उहाँले भारतबाट अबैधरुपमा आयात हुने माछालाई रोक्न सिमा नाकामा नै कडाई गर्नु पर्ने बताउनुभयो ।
बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङले मनोरम तालमा बिज्ञ केन्द्रले माछाको भुरा हाल्नु राम्रो काम भएको बताउनुभयो । उहाँले १ सय ५७ हेक्टरमा फैलिएको तालमा ३० किलो बढीको माछा र बिभिन्न पंक्षीहरु समेत रहेको बताउनुभयो । तालमा रहेको माछालाई सरकारले ब्यवस्थापन गर्न दिनु पर्ने उहाँले जोड दिनुभयो । सिमसारको नाममा माछा मार्न नहुने भन्ने कुरा गलत भएको भन्दै माछाको ब्यवस्थापन हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बिज्ञ केन्द्रका प्रमुख आलमले माछामा प्रोटिनको मात्रा बढी पाईने, आयआर्जनको माध्यम, औषधीय गुणले भरिपुर्ण रहेको तथा पर्यटन र मनोरंजनको साधन भएकाले माछा महत्व रहेको बताउनुभयो । तालमा कमन, सिल्भर, रोहु र नैनी ढाई ढाई हजारका दरले भुरा हालिएको बिज्ञ केन्द्रका प्रमुख आलमले बताउनुभयो ।
उहाँले तालमा रहेका माछाको संरक्षण र प्रबद्र्धनका लागि भुरा हालिएको बताउनुभयो । माछाको ब्यवसायिक प्रबद्र्धन गरी आयआर्जन गर्ने कुरा नेपाल र कपिलवस्तमा प्रशस्त संभावना रहेको उहाँको भनाई छ । उहाँले देशमा ९१ हजार ८३२ र कपिलवस्तुमा २ हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको बताउनुभयो ।
मत्स्य बिकास अधिकृत रामकेश यादवले माछा उत्पादनमा जिल्ला आत्मनिर्भर रहेको बताउनुभयो । जिल्लामा ३७ वटा ताल तलैया र ४ सय ८० हेक्टर प्राकृतिक जलासय रहेका छन । प्राकृतिक जलायसबाट जिल्लाको कुल उत्पादन मध्ये ३० प्रतिशत हिस्सा त्यहीबाट आउने गर्छ । उहाँले कपिलवस्तुलाई माछाको पकेट क्षेत्र बनाउनका लागि कृषकहरुलाई माछा पालन तर्फ आकर्षित गराई अनुदान समेत दिनु पर्ने बताउनुभयो । कार्यक्रम केन्द्रका प्रमुख आलमको अध्यक्षता र मत्स्य प्राबिधिक माधव पौडेलको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज