साझा न्यूज ।तौलिहवा
कपिलबस्तुको तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित हुनु भएको छ । दिपु तेस्रो पटक संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
बुधबार भएको निर्वाचन कुल खखेको १ हजार ८२ मत मध्ये ५ सय ८ मत प्राप्त गरी दिपु निर्वाचित हुनु भएको छ । निर्वाचन संयोजक राजु कुमार श्रीवास्तवका अनुसार कुर्मीका प्रतिद्वन्द्वी धिरज कुमार गुप्ता (संजय)ले ३ सय ३८ मत र अर्का प्रतिशपर्धि अर्जुन चापागाँईले २ सय २१ मत प्राप्त गरेको बताउनुभयो ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा संदिप कुमार श्रीवस्तव, उपाध्यक्षमा अजय कुमार कसौधन निर्वाचित हुनु भएको छ । श्रीवस्तवले ६ सय ७९ मत पाएर निर्वाचित भएको हुन् । उहाँको निकटतम प्रतिद्धन्द्धी अनन्त भारती ले ३ सय ६० मत प्राप्त गरेका थिए ।
त्यस्तै महासचिवमा देबेश जैसवाल ५ सय ६५ मत प्राप्त गरी विजयी हुनु भएको छ । भने उहाँको निकटतम प्रतिद्धन्द्धी गिरिजेश शरण चौधरीले ४ सय ६२ मत प्राप्त गरेका हुन् । त्यस्तै सचिवमा बासुदेव बर्मा (अजय) ६ सय ५३ मत सहित निर्वाचित भएका छन् भने उहाँको निकटतम प्रतिद्धन्द्धी बीरेन्द्र कुमार गुप्ता ३ सय ८३ मत गरेका हुन् ।
संघको कोषाध्यक्षमा बृजेश भटरा निर्वाचित भएका छन् । उहाँले ३ सय ८८ मत सहित विजयी भएका छन् भने उहाँको निकटतम प्रतिशपर्धि नसीरुद्दीन गौरी ३ सय ७० त्यस्तै अर्का प्रतिशप्रर्धि चन्द्र शेखर गुप्ता २ सय ७० मत प्राप्त गरेका थिए ।
संघको महिला सदस्यमा प्रिति अग्रहरी निर्वाचित भएकी हुन् । त्यस्तै सदस्यहरुमा बृज बिहारी कुर्मी, पशुपति प्रसाद तेली, देवेन्द्र गुप्ता, सुनिल पाठक र सुनिल कुमार गुप्ता कशौधन बिजयी भएका छन् ।
















































