Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जितगढी किल्ला स्वाभिमान र पहिचानको स्थल : राष्ट्रपति पौडेल

Author Avatar साझा न्यूज 5th January 2024 , 4:41 PM
जितगढी किल्ला स्वाभिमान र पहिचानको स्थल : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी ऐतिहासिक स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताउनुभएको छ । उहाँले किल्लाको संरक्षण तथा पर्यटन प्रवर्धनका लागि बुटवल उपमहानगरले योजना बनाएको भन्दै प्रशंसा गर्नुभयो ।

राष्ट्रपति पौडेलले जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको योजना सह्रानीय रहेको बताउनुभयो । उहाँले जितगढी किल्लालाई नयाँ पुस्ताको अध्ययन अवलोकनका साथै अनुसन्धानको केन्द्र बनाउनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रपति पौडेलले जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र मानेर आसपासका पर्यटन क्षेत्रलाई एउटै सर्किटमा जोड्न आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “रामापिथेकस, सहश्रधारा, हिलपार्क हुँदै जितगढीसम्म एउटै पर्यटन सर्किटको रुपमा विकास गर्न सके यस क्षेत्रको पर्यटन विकासमा महत्ववपूर्ण ईटा थपिन्छ ।”

अंग्रेजले पराजय भोगेको स्थल बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आज जितगढी किल्ला बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गर्नुभयो ।

बुटवल उपमहानगरपालिका –१ मा रहेको जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । हस्तान्तरणसँगै जितगढी किल्ला बुटवल उपमहानगरपालिका मातहत आएको छ ।

हस्तान्तरण भएपछि उपमहानगर प्रमुख खेलराज पाण्डेयले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने बताउनुभयो । “यो किल्ला हामी मातहतमा आएसँगै हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अंग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौं” उहाँले भन्नुभयो, “यहीँ नजिकै युद्ध संग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।”

नेपाली सेना गरुड दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले किल्ला क्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्लाको संरक्षणका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनुभयो । समारोहमा इतिहासविद निर्मल श्रेष्ठले जितगढी किल्लाको इतिहासबारे जानकारी गराउनुभएको थियो । त्यस्तै, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले जितगढीको विकासका लागि थालेका प्रयासबारे जानकारी गराउनुभयो ।

बुटवल नगरपालिका –१ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ । जितगढीमा वि।सं। १८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका रुपमा मनाउँदैआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज