साझा न्यूज । तौलिहवा (कपिलवस्तु)
नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला नेता ज्योति दाहालको आज निधन भएको छ । कपिलवस्तु नगरपालिका वडा नं. ३ आनन्दवाग निवासी नेता दाहालको आफ्नै घरमा निधन भएको हो । नेपाली कांग्रेसका पुर्व महाअधिवेशन प्रतिनिधी, पुर्व जिल्ला सदस्य लगायतको पदमा बसेर नेपाली कांग्रेसको पार्टी संगठनमा लामो समय सम्म नेता दाहालले योगदान गरेका थिए ।
नेता दाहालको निधन प्रति नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिले गहिरो दुख व्यक्त गरेको छ । जिल्ला सहसचिव वजीह अरशदले जिल्ला कार्य समितिको तर्फबाट शोक वक्तव्य जारी गर्दै नेता दाहालको मृत आत्माको चीर शान्ति र शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
यसै गरी नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति राजेश आचार्य, लुम्विनी प्रदेश सभा सदस्य तथा पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, कपिलवस्तु नगर समितिका सभापति खुर्सेद अहमद खां लगायले नेता दाहालको निधन प्रति दुख व्यक्त गरेका छन् । दाहालको निधनबाट सिंगो पार्टी संगठनलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।
नेता दाहालको पार्थिव शरीरलाई सोमवार विहान तौलिहवा स्थित वाणगंगा नदीको रामघाटमा दाह संस्कार गरिने परिवारजनले जनाएका छन् । उनी कलेजाेकाे समस्याबाट केही समय देखि उपचारमा रहेका थिए । स्वर्गीय दाहालका २ छोरी र १ पत्नी छन् ।
















































