Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गौतमबुद्ध आधारभूत विद्यालयमा खानेपानीको व्यवस्था

Author Avatar साझा न्यूज 9th February 2024 , 9:16 AM
गौतमबुद्ध आधारभूत विद्यालयमा खानेपानीको व्यवस्था

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल र रोयल थाई मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोतले संयुक्त रुपमा ट्यांकीको धारा खोलेर खानेपानीको उद्घाटन गर्दै संचालन गरी ट्यांकीको उद्घाटन

साझा न्यूज । तौलिहवा
रोयल थाई मोनाष्ट्री लुम्विनी, स्वर्णभूमि फाउण्डेशन नेपाल तथा वाटथाई निग्रोधाराम र लायन्स क्लब प्राचीन कपिलवस्तुको सहयोगमा कपिलवस्तु नगरपालिका वडा नं. २ वर्दहवामा खानेपानी ट्यांकी निर्माण गरिएको छ ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदी पौडेल र मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोतले ट्यांकीको धारा खोलेर खानेपानी संचालन गरी ट्यांकीको उद्घाटन गरेका थिए । सो लगत्तै विद्यार्थीहरुले धाराको पानी पिउन शुरु गरेका छन् ।

सो अवसरमा मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोतले बिद्यालयमा थप सहयोग गर्न आफु तत्पर रहेको बताए । शिक्षामा गरेको लगानी कुनैपनि हालतमा खेर नजाने बताउँदै भिक्षु सुपोतले भने, “अव सना साना बालबालिकाका लागि पिउने पानीको सहजता भयो ।” हामी निकै खुशी छौं ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले नगरपालिकाले सहजै गर्न नसकेको काम रोयल थाई मोनाष्ट्रीले विद्यालयमा खानेपानी व्यवस्थापन गरेको प्रति आभार प्रकट गरेका छन् । शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा नगरपालिकाले योजनाबद्ध रुपमा काम गरेको बताउँदै उनले बिद्यालयका ससाना योजनाका लागि समेत आफुले ध्यान दिइरहेको उल्लेख गरे ।

कपिलवस्तु नगरपालिका क्षेत्रमा माध्यमिक तह सम्मको कक्षा निशुल्क गराई नगरपालिकाबाट विद्यालयहरुलाई थप शैक्षिक अनुदान प्रदान गर्दै आएको नगरपालिकाका नगर प्रमुख पौडेलले बताए ।

अति विपन्न तथा ग्रामीण क्षेत्रका बालबालिकाहरु अध्ययन गर्ने यस विद्यालयमा खानेपानीको सहज व्यवस्थापनले विद्यालयलाई ठुलो सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुख्तार अहमद खांले बताए । सो अवसरमा अध्यक्ष खांले भिक्षु सुपोत र नगर प्रमुख पौडेललाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

नवनिर्मित खानेपानी ट्यांकीबाट पानी पिउदै विद्यालयका बालबालिकाहरु

कार्यक्रममा थाई एम्बेस्सीका प्रतिनिधी, स्थानीय समाजसेवी राजन खड्का, गंगा बहादुर बिष्ट, बिद्यालय ब्यवस्थापन समितीका सदस्यहरु लगायतलाई समेत आयोजकले सम्मान गरेको थियो ।

कार्यक्रमका संयोजक लुम्बिनी बिकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले सामाजिक क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए । स्थानीय सरकारले समेत सामाजिक कार्यमा चाँसोका साथ हेर्नुपर्ने बताउँदै गौतमबुद्ध आधारभूत बिद्यालयलाई निरन्तर सहयोगको वातावरण मिलाउने ज्ञवालीले बताए ।

बिद्यालयका प्रधानाध्यापक सुजाता सुवालले खानेपानी टयांकी निर्माणका लागि खटिने सबैप्रति धन्यवाद प्रकट गरिन् । ट्यांकी निर्माण पश्चात बिद्यालयमा खानेपानीको सहज सुविधा भएको समेत उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज