प्रहरीले तस्करी गरी भित्राइएका साढे ३७ हजार मूल्यका तरकारीका बिउ मायादेवी गाउँपालिका– १ पकडीबाट बरामद गरेको छ। घिरौँलाका बिउ ५० प्याकेट, पालक र बोडीका बिउ बीस–बीस प्याकेट, भिन्डीको बिउ १० प्याकेट बरामद गरेको हो।
नियन्त्रणमा लिएका बिउ कारबाहीका लागि भन्सार कार्यालय सुठौली, कपिलवस्तुमा पठाइएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। उनले तस्करी नियन्त्रणमा आफूहरू कडाइका साथ लागिपरेको बताए।