Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्राचीन सम्पदा फिर्ता ल्याइँदै

Author Avatar साझा न्यूज 17th February 2024 , 6:36 AM
प्राचीन सम्पदा फिर्ता ल्याइँदै

काठमाडौँ, फागुन ५ गते । नेपालका विभिन्न स्थानबाट चोरी गरी विभिन्न मुलुकमा पुर्‍याइएका काष्ठजन्य कलात्मक ढोका, खापा, तोरण, टुँडाल र बौद्ध तथा हिन्दु देवीदेवताका मूर्ति फिर्ता हुने क्रम बढेको छ ।

पुरातत्त्व विभागमातहतको राष्ट्रिय सङ्ग्रहालयका अनुसार विभिन्न समयमा नेपालबाट चोरी भई विश्वका सात वटा देशमा पुगेका काठका कलात्मक वस्तु, प्राचीन, लिच्छवि एवं मध्यकालका ११० थान पुरातात्त्विक वस्तु नेपाल ल्याइएका छन् । तिनलाई छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएको छ ।

राष्ट्रिय सङ्ग्रहालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वय र सहजीकरणमा मूर्ति नेपालबाटै लगिएका हुन् भनी पुरातत्त्व विभागले पुष्टि गरेपछि नेपाली दूतावासमार्फत त्यस्ता मूर्ति नेपाल फिर्ता गरिएका हुन् ।

राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले सन् १९७० देखि २००० मा नेपालबाट धेरै पुरातात्त्विक वस्तु चोरी, पैठारी भएर विभिन्न देशमा पुगेको बताउनुभयो । तीमध्ये २०४२ पुस २० गते भारतको कोलकाताबाट र साउन ३१ गते अमेरिकाबाट फिर्ता मूर्ति र ४० वटा काष्ठजन्य खापासहितका ११० पुरातात्त्विक वस्तु संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयमा ल्याइएको बताउनुभयो ।

उहाँका अनुसार विदेशबाट ल्याएर राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएकामध्ये छ थान मूर्ति सम्बन्धित गुठियारलाई हस्तान्तरण गरिसकिएको छ । उहाँले भन्नुभयो, “विभिन्न देशबाट थप २० थान पुरातात्त्विक वस्तु नेपाल ल्याउन पहल भइरहेको जानकारी दिनुभयो ।

बिक्री गर्न, उपहार दिन, घर तथा सङ्ग्रहालयमा सजावटका लागि लगिएकामध्ये सबैभन्दा बढी अमेरिकाबाट ७२, बेलायतबाट १८, भारतको कोलकाताबाट १३, अस्ट्रेलियाबाट चार, युरोपियन कलेक्टर, हङकङ र इटालीबाट फिर्ता भएका एक एक थान मूर्ति पुरातत्त्व विभागले संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

त्यसरी राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण भएका पुरातात्त्विक वस्तुमध्ये ललितपुरको टङ्गालहिटीबाट चोरी भई अमेरिकाको मेट्रोपोलिटिएन म्युजिएम अफ आर्टमा फेला परेको उमामहेश्वरको मूर्तिलाई साबिक स्थानमा प्रतिस्थापन गर्न टङ्गाल टोल सुधार समितिलाई हस्तान्तरण भएको सङ्ग्रहालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

त्यस्तै ललितपुरको भिन्छें बहालबाट चोरी भएर अमेरिका पुगेको बुद्धको मूर्तिलाई साबिक स्थानमा प्रतिस्थापन गर्न मयूरवर्ण महाविहार सुधार समितिलाई, ललितपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको यम्पी महाविहारबाट चोरी भएर अमेरिकाको रोबिन म्युजियममा पुगेको तोरण साबिककै स्थानमा प्रतिस्थापन गर्न सोही समितिलाई हस्तान्तरण गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२४ स्थित इटुम्बहालबाट चोरी भई अमेरिकाको मेट्रोपोलिटिएन म्युजिएम अफ आर्टमा पुगेको सालभंजिका टुँडाल नेपाल ल्याएर भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरिएको छ ।

दोलखाबाट चोरी भएको १६ औँ शताब्दीको वज्रधरको मूर्तिलाई हङकङबाट फिर्ता ल्याई साबिककै स्थानमा प्रतिस्थापन गर्न कोर्छैमी परिवारलाई हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज