कपिलबस्तु, फागुन ७ गते । स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ । कपिलबस्तुको यशोधरा गाँउपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानिय तह स्तरीय अन्र्तक्रिया कार्यक्रम सो कुरा जनाकारी गराइएको हो । जिल्लाका स्थानीय तहमा सरकारी अख्तियारीको दुरुपयोग भएको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।
आर्थिक वर्ष ०८०।०८१ को माघ मसान्तसम्मको २ सय ६७ ओटा उजुरी परेको कार्यालयले जनाएको छ । सो मध्ये एक सय ९ उजुरी मात्रै फस्र्यौट भएको छ भने एक सय ५८ ओटा उजुरी अनुन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ ।
सो अवसरमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका उप सचिव ठाकुर प्रसाद आचार्यले अनियमितताका कारण देश जरजर आवस्थामा पुगेको बताउनुभयो । उहाँले भएको अनियमिततालाई मुद्धा चलाएर र छानविन गरेर टुगिंन नसकिने बताउनुभयो । जनचेतना लगायतको विभिन्न जागरण कार्यक्रमबाट मात्र अनियमिततामा कमि हुने उहाँको भनाई छ ।
कार्यालयका अनुसार चालु आर्थिक बर्षमा दश वटा स्थानिय तह मध्ये सबै भन्दा धेरै कृष्णनगर नगरपालिकामा ५९ ओटा उजुरी परेको छ भने ३० ओटा फस्र्यौट भएको छ । त्यस्तै कपिलबस्तु नगरपालिकामा ४७ मध्ये २० ओटा फस्र्यौट, बुद्धभुमि नगरपालिकामा ३५ ओटा, १७ ओटा फस्र्यौट, बाणगंगा नगरपालिकामा ९ ओटामा ४ फस्र्यौट, शिवराजमा ५, महाराजगंज नगरपाकिलामा १४ ओटा उजुरीमा फस्र्यौट भएको हो । त्यस्तै यशोधरा गाँउपालिकामा ३४ मा ३ ओटा फस्र्यौट, मायादेवीमा ३० मा १३ ओटा फस्र्यौट, विजयनगरमा २१ मा ९ ओटा फस्र्यौट र शुद्धोधन गाँउपालिकामा १३ वटामा ६ ओटा फस्र्यौट भएको कार्यालयले जनाएको छ ।
कार्यक्रममा शाखा अधिकृत गोकर्ण राज घिमिरे, गाँउपालिका अध्यक्ष शिव दयाल तिवारी, प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र ढकाल, लेखा अधिकृत निराजन राज लम्साल, पशु अधिकृत अब्दुल सलाम लगायत वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।