कपिलबस्तु, फागुन ७ गते । कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पुरुषको शव फेला परेको छ ।
आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा फेला परेको हो । वडाध्यक्ष रवीन्द्र तिवारीलाई स्थानीयले खबर गरेपछि त्यसबारे उनले प्रहरीलाई जानकारी गराएका थिए ।
आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको थियो । सोमबार बिहान खनेर पुरुषको शव निकालिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बता ए। अन्यत्रै हत्या गरी टाउको छिनालेर कुलोमा खाल्टो बनाई शव गाडिएको हो ।
शरीर जलेको अवस्थामा रहेको छ । पुरुषले जिन्सको सट लगाएको र नाडीमा धागो समेत बाँधिएको अवस्थमा रहेको छ । टाउको भने अझै फेला परेको छैन । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ । घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरिएको छ ।
मृतकको अझैसम्म पहिचान भने नखुलेको प्रहरी उपरीक्षक पौडेलले बताए । शव पोस्र्टमका लागि कपिललस्तु अस्पताल लगिएको छ । घटनाको अनुसन्धान भइरहेको पौडेलले बताए ।