कपिलवस्तु फागुन १२ । मुुलुकमा सन २०२६ भित्र निवारण गर्ने लक्ष्य सहीत कपिलवस्तुमा २ लाख बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाईदै छ । फागुन १३ देखि २४ गते सम्म जिल्लाको १० वटै पालिकाका भित्रका ९ महिना देखि १५ बर्ष उमेरका बालबालिकालाई खोप लगाईने भएको हो । जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवमा राखेको दादुरा रुबेला खोप अभियान सम्बन्धमा जिल्ला स्तरीय खोप समन्वय बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख नारायाण चौधरीले सो जानकारी गराएका हुन ।
जिल्लाका १० वटै पालिकामा रहेको साढे ७ सय बिद्यालयलाई खोप केन्द्र कायम गरी २ लाख १३ हजार ८९७ बालबालिकालाई खोप लगाईने छ । जस मध्ये ९ महिना देखि ५ बर्ष सम्मका ५९ हजार ९४७ र ५ बर्ष देखि १५ बर्ष सम्मका १ लाख ५३ हजार ९५१ बालबालिकालाई खोप लागईनेछ । सो खोपसंगै बालबालिकालाई अन्य नियमित खोप समेत दिने कार्यक्रम रहेको चौधरीले बताए । उनले जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि समेत यो अभियान महत्वपुर्ण रहेको बताए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौेडेलले अभियान बारे ब्यापक प्रचारप्रसार गर्नु पर्नेमा जोड दिए । उनले सबैले जिम्मेवारी बाडफाड गरी अभियानलाई सफल बनाउनु पर्ने बताए ।
यस्तै बैठकमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले अभियनालाई प्रभावकारी बनाउन सबैले हातेमालो गर्नु पर्ने बताए । खोप अभियानलाई प्रभावकरी बनाउन पालिका, शैक्षिक संस्था उद्योग बाणिज्य संघ, रेडक्रस लगातयका निकायले समेत बिशेष पहल गर्नु पर्नेमा जोड दिईएको थियो ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले खोपका लागि सबै तयारी पुरा भएको बताए । स्वास्थ्यकर्मी अनुसार दादुरा रुबेला खोप पुर्णरुपमा सुरक्षित छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख आचार्यको अध्यक्षतामा भएको थियो । सरकारले दादुरा रुबेलाको उच्च जोखिम रहेका काठमाण्डौ र तराईका जिल्ला गरी २४ जिल्लामा ९ महिना देखि १५ बर्षका बालबालिकालाई फागुनमा खोप लगाउने कार्यक्रम छ ।
बाकी जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष सम्मका लागि खोप लगाईने छ । उता कपिलवस्तु नगरपालिकाले भने आफना नानी बावुलाई खोप लगाउन अभिभावकहरुलाई निमन्त्रण कार्ड समेत पठाएको छ । पालिका भित्र रहेका दादुरा र नियमित खोप लगाउन आफुहरुले अभिभावकहरुलाई निमन्त्रणा कार्ड पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । प्रत्येक खोप केन्द्रमा एक जना महिला स्वयसेविका शिक्षक र भ्याक्सिनेटर रहने छन ।