Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा दुई लाख २८ हजार बालबालिकालाई दादुरा रुबेला खोप

Author Avatar साझा न्यूज 25th February 2024 , 8:51 PM
कपिलबस्तुमा दुई लाख २८ हजार बालबालिकालाई दादुरा रुबेला खोप

तौलिहवा (कपिलबस्तु), फागुन १३ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला खोपको शुभारम्भ गरिएको छ । खोपको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले गर्नु भएको हो । जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका २ लाख २८ हजार ३६४ जना बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाइने स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।

सो अवसरमा बोल्दै प्रमुख आचार्यले अभियनालाई प्रभावकारी बनाउन सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो । उहाँले खोप लगाई सकेपछि मानिसको मृत्यु हुने सम्भावना नरहने बताउनुभयो । उहाँले भन्नुभयो ‘खोप ९ महिना देखि १५ महिना सम्माका लागि खोप रहेपनि संक्रमण अन्य बच्चहरुमा देखिएकोले १५ वर्ष सम्मका बच्चलाई खोप लगाउने परिस्थिति आएको छ ।’

दादुरा रुबेला एक पटक नियन्त्रणमा आएपनि पुनः फैलिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो । यसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भयभव स्थिति देखा पर्ने उहाँको भनाई छ । त्यसैले नेपाल सरकारले दादुरा रुबेलालाई अभियानकै रुपमा सञ्चालन गरेको प्रजिअ अर्यालले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीका अनुसार कपिलबस्तुमा दादुरा रुबेला खोप अभियान आजबाट शुभारम्भ गरिएको र खोपसंगै बालबालिकालाई अन्य नियमित खोप समेत दिने कार्यक्रम रहेको बताउनुभयो । जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि समेत यो अभियान महत्वपुर्ण रहेको उहाँको भनाई छ ।

जिल्लामा चार चरणमा दादुरा रुबेला खोपको अभियान सञ्चालन गरिएको छ । पहिलो चरणमा कपिलबस्तु नगरपालिका र विजयनगर गाँउपालिकामा फागुन १३ देखि २१ गते सम्म, दोस्रो चरणमा यशोधरा, शुद्धोधन र मायादेवी गाँउपालिकामा फागुन १५ देखि २१ गते सम्म, तेस्रो चरणमा शिवराज, कृष्णनगर, महाराजगंज र बाणगंगा नगरपालिकामा फागुन १८ देखि २४गते सम्म तथा चौथो चरण्मा बुद्धभुमि नगरपालिकामा २२ गते देखि २८ गते सम्म अभियान सञ्चालन हुने छ ।

स्वास्थय कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले खोप पुर्ण सुरक्षित रहेको र केही समस्या भए तत्कालै स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरे । सरकारले दादुरा रुबेलाको उच्च जोखिम रहेका काठमाण्डौ र तराईका जिल्ला गरी २४ जिल्लामा ९ महिना देखि १५ बर्षका बालबालिकालाई फागुन १३ देखि खोप लगाउने कार्यक्रम छ । बाकी ५१ जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष सम्मकालागि खोप लगाईने छ । जिल्ला खोप समन्वय समितिका प्रमुख आचार्यको अध्यक्षता र श्रीधर खनालको संचालनमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज