कपिलबस्तु, फागुन १६ गते । कपिलबस्तुको पूर्व पश्चिम राजमार्ग स्थित बुद्धभुमि नगरपालिका वडा नं. ४ झडुलामाई मन्दिर नजिकै सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका वडा नं. २ का ५५ वर्षिय सितल कहार रहेको जिल्ला ट्राफिक कार्यालय कपिलबस्तुका प्रहरी निरिक्षक अनिश भण्डारीले बताउनुभयो ।
चन्द्रौटाबाट गोरुसिंगे तर्फ आई रहेको पिकप भ्यानले विपरित दिशाबाट गाइरहेको मोटरसाईकललाई टक्कर दिदा कहारको मृत्यु भएको उहाँले बताउनुभयो ।