कपिलबस्तु, फागनु १८ । तौलिहवाको समयमाई चोक देखि गौढीचोक सम्म सर्भिस लेनको भाग ठेकेदार कम्पनीले निर्माण गर्न बेवास्ता र लापरबाहीले गर्दा अहिले त्यहा दिनुह जसो दुर्घटना बढ्दै गएको छ ।
ठेकेदार कम्पनी गंगोत्री निर्माण सेवाले २०७८ साल मै ठेक्का संझौता गरी पटक पटक म्याद थपेर २०८० असार भित्र संपन्न गर्नु पर्ने काम अझै सम्म अधुरै छाडेको र निर्माणमा कुनै चासो नदेखाएकाले सो बाटो अलपत्र अवस्थामा छ ।
राजन टेन्ट हाउसका सञ्चालक मोहम्मद जमाले पटक पटक सम्बन्धित निकायलाई जानकारी र ध्यानकर्षण गराउदा समेत सो बाटो निर्माणमा कसैले चासो नदिएको गुनासो गर्नुभयो । सर्भिस लेन नबन्दा सो खण्डमा रहेको ब्यापारीरुको ब्यापारमा निकै कमी आएको उनले बताए ।
‘हामीहरुको पीडा कसैले सुन्नेवाला छैन’ उनले निरास हुदै भने । सोही सडक खण्डमा यशोधरा माबि समेत छ । त्यहा पढ्ने बिद्यार्थीहरुलाई समेत बाटोको अवस्थाले गर्दा आउजाउ गर्न निकै गाह्रो छ ।
४४ लाख लागतको ठेक्का रहेको सो बाटोको दुबै तर्फका सर्भिस लेनको २ सय ४५÷ २ सय ४५ मिटर मात्र बनाउन बाकी रहेको सडक डिभिजन कार्यालकया प्रमुख बिवश बावु सदादेवले बताए । उनले आफुहरुले ठेकेदार कम्पनीलाईृ पटक पटक समय मै काम गर्न निर्देशन दिए पनि अटेरी गरेको बताए ।
उनले अब आफुहरु कारबाही प्रकृयामा जाने तयारी गरेको बताए । विद्युत पोल नसारिदा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दाबी छ ।