Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सडक निर्माणको काम अलपत्र: बढ्यो दुर्घटनाको जोखिम

Author Avatar साझा न्यूज 2nd March 2024 , 7:41 PM
सडक निर्माणको काम अलपत्र: बढ्यो दुर्घटनाको जोखिम

तौलिहवाको समयमाई चोक देखि गौढीसम्मको बाटोको निर्माण कार्य लामो समयदेखि अलपत्र अवस्थामा छ। सडकको दायाँ र बायाँ दुवै तर्फको सर्भिस लेनको निर्माण कार्य रोकिँदा पैदल यात्रुहरुले सास्ती खेप्न बाध्य छन्।

भिक्षु चोकदेखि गौढी चोकसम्मको बाटो समेत जीर्ण अवस्थामा छ। यस्तै दुर्घटनाको पनि उत्तिकै जोखिम बढेको छ। ठेकेदार कम्पनी गंगोत्री निर्माण सेवाले सो बाटो निर्माणमा बेवास्ता गरी अलपत्र छाडे पछि सो बाटामा आउजाउ गर्न मुस्किल हुने गरेको छ।

यस्तै सो क्षेत्रका व्यापारीहरू समेत मर्कामा परेका छन्। पछिल्लो समय दिनहुँ जसो यस क्षेत्रमा सवारी दुर्घटना समेत बढ्दै गएको छ।

ठेकेदार कम्पनीले २०७८ सालमै ठेक्का सम्झौता गरी पटक पटक म्याद थपेर २०८० असार भित्र सम्पन्न गर्नुपर्ने काम अझै अधुरै राखेको छ।

स्थानीय व्यापारी मोहोम्मद जमाले सडकको अवस्थाका कारण व्यापार नै चौपट भएको सुनाए। ‘पटक पटक सम्बन्धित निकायलाई जानकारी र ध्यानाकर्षण गराउँदा समेत सो बाटो निर्माणमा कसैले चासो दिएनन्। हामीहरूको पीडा कसैले सुन्ने वाला छैनन्’ उनले निराश हुँदै भने।

सोही सडक खन्डमा यशोधरा मावि समेत छ। त्यहाँ पढ्ने विद्यार्थीहरुलाई समेत बाटोको अवस्थाले गर्दा आउजाउ गर्न निकै गाह्रो परको शिक्षकहरु र विद्यार्थीहरुको गुनासो छ।

प्राचीन बुद्धनगरीको मुख्य बाटाको यस्तो दुर्दशा हुनु दुःखद कुरा भएको नागरिक अगुवा हरिराज शर्माले बताए।

यही बाटो भएर तिलौराकोट लगायतका बुद्धस्थल आउजाउ गर्ने विदेशी पर्यटकले बाटोका अवस्था देखेर के भन्लान् रु भन्ने समेत यहाँ हेक्का नगरिएको उनले गुनासो गरे।

आफूले पनि सो बाटो निर्माण समयमै सम्पन्न गर्न सडक डिभिजन कार्यालय शिवपुरलाई आग्रह गरेको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए।

‘बाटो निर्माण गर्न धेरै पटक आग्रह गरेका छु तर काम अझै अधुरै छ’ उनले भने। ४४ लाख लागतको ठेक्का रहेको सो बाटोको दुवै तर्फका सर्भिस लेनको २ सय ४५र२ सय ४५ मिटर मात्र बनाउन बाकी रहेको सडक डिभिजन कार्यालयका प्रमुख बिवशबावु सदादेवले बताए।

उनले आफुहरुले ठेकेदार कम्पनीलाई पटक पटक समयमै काम गर्न निर्देशन दिए पनि अटेरी गरेको बताए। अब आफूहरू कारबाही प्रक्रियामा जाने तयारी समेत गरेको उनको भनाइ थियो।

विद्युत्को पोल नसारिँदा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दाबी छ। सो सडक खन्डकालागि ६ लाख मात्र बाकी रहेकोमा विद्युत्ले पोल सार्न १४ लाख बढी लागत लाग्ने देखाए पछि झनै अन्योल छाएको छ।

भिक्षु चोक देखि गौढी सम्मको १३ सय मिटरको बाटो निर्माण कार्य ३ वर्ष अघि नै सुरु गरिएको थियो। दुवै तर्फ सर्भिस लेनकालागि पहिलो चरणमा रोलिङ गर्ने काम अघि बढाइएको थियो।

१३ सय मिटर मध्ये ५ सय मिटर पिच र सर्भिस लेन पक्की निर्माण भइसकेको छ। मनकामना निर्माण सेवाले भिक्षु चोक देखि समयमाई चोक सम्मको सर्भिस लेन र नाली निर्माणको काम सम्पन्न गरी सकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

कपिलबस्तु नगरपालिका वडा नम्बर २ द्वारा १ सय ४३ कृषकलाई स्प्रे टंकी

भर्खरै प्रकाशित

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषि तारा पुरस्कार

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

कपिलवस्तुमा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री नष्ट

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

लुम्बिनी प्रदेशका सामुदायिक सिकाइ केन्द्रहरूको संयुक्त अनुगमन

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

छात्र छात्राहरुमा स्वच्छता र सरसफाई अभियान

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

कांग्रेस नेता प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज