तौलिहवा, फागुन २१ गते । कपिलबस्तु नगरपालिकाले सातौं नगर स्तरिय मेयर कप क्रिकेट प्रतियोगिता मंगलबार देखि गर्ने भएको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराएको छ ।
कार्यक्रममा मा नगर प्रमुख सुदीप पौडेल, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल, खेल सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवम् वडा नं. ५ का वडाध्यक्ष दिरेप कुमार चौधरी, वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ र वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा नगर प्रमुख पौडेलले अहिले नेपालमा क्रिकेटमा क्रेज बढदै गएको बताउनुभयो । उहाँले अहिले राम्रो क्रिकेट खेल्नेले अवसर पाउने र जीवन गुजारा समेत यसबाट गर्न सक्ने समय आएको बताउनुभयो । नगरमा नव प्रतिभाहरुको खोजी पहिचान एवम् संरक्षणको लागि प्रतियोगिताको आयोजना गरिएको उहाँको भनाई छ ।
प्रमुख प्रशासकिय अधिकृत अर्यालले भविष्यमा राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई नगरको छवी उच्च बनाउन योगदान पुर्याउन सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । खेलाडीहरुलाई प्रोत्साहित गर्न नगरपालिकाको १२ वडाका १२ टिमलाई किट्स र जर्सी सहित खेल सामाग्री प्रदान गरिएको संयोजक चौधरीले बताउनुभयो बताउनुभयो ।
प्रतियोगिता फागुन ११ गते देखि २८ गते सम्म चल्ने छ । प्रथम हुनेलाई ५० हजार, द्वीतिय हुनेलाई ३० हजार नगद सहति मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । खेल बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । कार्यक्रमको सञ्चालन युराज भुसालले गर्नु भएको थियो ।