Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिकाले प्रहरीलाई दियो दुर्घटना न्यूनीकरणका लागि रोड ब्यारिगेट

Author Avatar साझा न्यूज 6th March 2024 , 6:29 PM
कपिलवस्तु नगरपालिकाले प्रहरीलाई दियो दुर्घटना न्यूनीकरणका लागि रोड ब्यारिगेट

कपिलवस्तु, फागुन २३ गते । कपिलवस्तु नगरपालिकाले सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुलाई रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरण र रोकथामका लागि नगरपालिकाले प्रहरीलाई एक दर्जन ब्यारीगेट प्रदान गरेको हो ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल प्रजिअ बिश्व प्रकाश अर्यालले प्रहरी उपरीक्षक नवरत्न पौडेललाई रोड ब्यारिगेट हस्तान्तरण गरेका थिए । सो अवसरमा नगर प्रमुख पौडेलले दुर्घटनाको सङ्ख्या बढे पछि प्रहरीको आग्रह अनुसार आफूहरूले ब्यारिगेट उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो ‘नगरपालिकाका व्यस्त चोक र चौराहामा ब्यारिगेट राखियो भने दुर्घटना रोकथामका लागि सहयोगी बन्ने छ ।’

प्रजिअ अर्यालले सुरक्षा समितिमा गरेको सल्लाह अनुसार प्रहरीले विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि त्यत्ति उपलब्धि हुन नसकेको बताउनुभयो । कपिलवस्तुमा दुर्घटनाको सङ्ख्या निरन्तर बढ्नु चिन्ताको विषय भएको भन्दै उहाँले दुर्घटना न्यूनीकरणका लागि नागरिकहरू आफै सचेत हुनु पर्ने बताउनुभयो ।

प्रहरी उपरीक्षक पौडेलले नगरपालिकाले दुर्घटना रोकथाम र न्यूनीकरणका लागि आफूहरूले चालेको अभियानमा साथ दिएर राम्रो काम गरेको बताउनुभयो । प्रत्येक ब्यारिगेटमा ट्राफिक सम्बन्धी सचेतनामूलक सन्देश समेत राखिएको छ । प्रहरी उपरीक्षक पौडेलले कपिलवस्तुमा सडक दुर्घटना ठुलो समस्याका रूपमा देखा परेकोले यसको रोकथाम र न्यूनीकरणका लागि पालिकाहरूले साथ दिनु पर्ने बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८०-०८१ को साउन देखि फागुन २१ गते सम्म जिल्लामा ४ सय ६८ दुर्घटनामा ४७ जनाको मृत्यु भएको छ । यस्तै ७ सय ९८ जना घाइते भएको र दुर्घटनामा ५ सय २४ सवारी संलग्न रहेका छन् । सो अवधिमा २२ हजार १ सय ५८ सवारीलाई कारबाही गरी १ करोड ८८ लाख ३७ हजार राजस्व सङ्कलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विधुत चोरी गरेको आरोपमा पाँच पक्राउ

चाकरचौडाबाट स्रोत नखुलेको ९ लाख बढी रकम सहित पक्राउ

भर्खरै प्रकाशित

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज