Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुका सरकारी तथा गैरसरकारी कार्यालयमा स्तनपान कक्षको माग

Author Avatar साझा न्यूज 8th March 2024 , 4:20 PM
कपिलवस्तुका सरकारी तथा गैरसरकारी कार्यालयमा स्तनपान कक्षको माग

साझा न्यूज । कपिलवस्तु
यस वर्षको अन्तराष्ट्यि महिला दिवसका अवसरमा कलिवस्तुका महिला अगुवा तथा अधिकारकर्मीहरुले सरकारी तथा गैरसरकारी कार्यालय र सार्वजनिक स्थल एवं निकायमा स्तनपान कक्षको अनिवार्य व्यवस्थाको माग गर्दै दिवस मनाएका छन् ।

जिल्लाका केही सरकारी तथा गैरसरकारी कार्यालयमा महिलाहरुका लागि स्तनपान कक्षको व्यवस्था गरिए पनि अधिकांश स्थानमा यस्तो व्यवस्था नभएको प्रति दुखेसो व्यक्त गरेका छन् ।

कालिका स्वावलम्वन सामाजिक केन्द्र, किड्स नेपाल, आरआरएन, दलित समाजिक विकास केन्द्र, साथी संस्था, जिल्ला समन्वय समिति लगायतका संस्थाहरुको सहकार्यमा गैरसरकारी संस्था महासंघले १ सय १४ औं अन्तराष्ट्यि महिला दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला अगुवाहरुले महिलाहरुले समाजमा भोग्दै आएका विभिन्न खाले पीडाहरुको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेयले कानुनमा महिलाहरुलाई समान अधिकार होईन विशेष अधिकारको व्यवस्था गरिएको र त्यसलाई व्यवहारमा पूर्ण रुपमा लागू गर्न महिला पुरुष सवै एक भएर लाग्नु पर्नेमा जोड दिए ।

महिलाहरुले उठाएको स्तनपान कक्षको व्यवस्थापनका विषयमा कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आफुले सवै सरकारी तथा गैरसरकारी निकायमा व्यवस्थित स्तनपान कक्ष स्थापनाका लागि विशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

महिला अगुवा उषा थापाले सरकारी तथा गैर सरकारी कार्यालयहरुमा स्तनपान कक्ष रहे नरहेको अनुगमन प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कपिलवस्तु नगरपालिकाकी उप प्रमुख सुनिता गुप्ताले स्थानीय सरकारमा महिला जनप्रतिनिधीहरुले आफुले पाएको अधिकारलाई खासै प्रयोग गर्न नपाएको प्रति आपत्ति जनाएकी थिईन् ।

यसका लागि आम सर्वसाधारणको आफुहरुलाई सहयोग र स्थानीय निकायमा दबाबको जरुरी रहेको उनले बताईन् । कार्यक्रममा शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरीले महिलाहरुले नै महिला माथि शोषण गरेका कारण पनि महिला अधिकार स्थापित हुन नसकेको बताए ।

शिक्षामा जोड दिन सके, सवै नागरिकलाई शिक्षित बनाउन सके विस्तारै महिला अधिकार स्थापित हुदै जानेमा गाउंपालिका प्रमुख चौधरीले जोड दिए ।

कार्यक्रममा कपिलवस्तु अस्पताका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विपिन जयसवालले दिन प्रतिदिन लिंग पहिचान गरी कानुन विपरित भ्रुण हत्या हुने घटना बढ्दै गएको बताए । यस तर्फ महिला अगुवाहरुले सचेतना जगाई भ्रुण हत्या नियन्त्रणमा विशेष जोड दिन जरुरी छ, डा. जयसवालले भने ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नेपाल प्रेस यूनियनका अध्यक्ष खग प्रसाद चापागाई, गैससका पुर्व अध्यक्ष प्रवीण कुमार श्रीवास्तव, आरआरएन संस्थाकी प्रमिशा घिमिरे, दलित सामाजिक विकास केन्द्रकी संगीता चौरसिया, नारी शिल्पकला केन्द्रकी वसन्त कुमारी सिंह, एचकेआईका जिल्ला संयोजक निरज गिरी लगायतले महिला अधिकारका विविध पक्षमा आफ्ना धारणाहरु राखेका थिए ।

गैर सरकारी संस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राम शरण रैदास र स्वागत मनतव्य विमला पौडेलले गरेका थिए । सो अवसरमा जिल्लामा उत्कृष्ट काम गरेका ६ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कृष्णनगरमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विधुत चोरी गरेको आरोपमा पाँच पक्राउ

चाकरचौडाबाट स्रोत नखुलेको ९ लाख बढी रकम सहित पक्राउ

भर्खरै प्रकाशित

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज