Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वाणागंगा खाेलाकाे जर्लैया नाकामा नदीजन्य वस्तु निकासीमा न’क्कली विल काट्दै ठेकेदार कम्पनी

ठेकेदार पक्षले राजश्व ठगी गर्ने नक्कली ठेली प्रयोग गरेको भेटिए पछि उपमेयर गुप्ताले ठेकेदार कम्पनीलाई कारवाहीका लागि निर्देशन गरेकी हुन्

Author Avatar साझा न्यूज 8th March 2024 , 7:34 PM

साझा न्यूज । संवाददाता

कपिलवस्तु, २५ फागुन । नदीजन्य वस्तु निकासीमा राजश्व छली गरेको भन्दै कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताले ठेकेदार कम्पनीलाई कडा कारवाहीको लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन गरेकी छिन् ।

वाणगंगा नदी अन्र्तगतको कपिलवस्तु नगरपालिकाको जर्लैया नाकाबाट नदीजन्य वस्तु निकासी गर्दा ठेकेदार पक्षले राजश्व ठगी गर्ने नक्कली ठेली प्रयोग गरेको भेटिए पछि उपमेयर गुप्ताले ठेकेदार कम्पनीलाई कारवाहीका लागि यस्तो निर्देशन गरेकी हुन् ।

उपमेयर गुप्ताको नेतृत्वमा कपिलवस्तु नगरपालिकाका ईन्जिनियर मुक्तिराम कुंवर, राजश्व फांटका कर्मचारी योगेन्द्र नाथ शुक्ल सहितको नगरपालिकाको टोली यसै फागुन २३ गते नदीजन्य वस्तु निकासी अनुगमनका लागि जर्लैया नाका पुगेको थियो ।

उपमेयरको टोलीले विभिन्न नम्बरका राजश्व छली गरिएका १७ वटा नक्कली रसिद भेटिएका छन् । सो प्रकरणमा कारवाही गर्न प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याललाई नक्कली रसिद सहित अनगुमन प्रतिवेदन पेश गरिएको उपमेयर गुप्ताले बताईन् ।

जर्लैया नाकाबाट नदीजन्य वस्तु निकासीका लागि कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.७ मोतीपुरको रवि निर्माण सेवाले २ करोड ४९ लाख ३३ हजार ३ सय ३३ रुपैयामा मिति २०८० फागुन १६ गते कपिलवस्तु नगरपालिकासंग ठेक्का संझौता गरेको छ ।

ठेक्का सम्झौता गरे लगत्तै एक साता पनि वित्न नपाउंदै ठेकेदार पक्षले राजश्व छलीका नक्कली विलहरु प्रयोग गर्न शुरु गरि सकेका छन् ।
ठेक्का संझौता अनुसार ठेकदार पक्षले कुल ३१ लाख १ हजार १ सय १२ घन फुट नदीजन्य वस्तु निकाल्ने अनुमति रहेको छ ।

तर यस प्रकारका नक्कली विल बनाएर ठेकदार पक्षले लाखौ रुपैयाको राजश्व ठगी हुने गरी ठेक्का संझौता भन्दा धेरै बढी नदीजन्य वस्तु निकासी गर्ने गरिरहेको छ ।

यसको प्रमाण स्वरुप उपमेयर गुप्ताले गरेको अनुगमनमा भेटिएका नक्कली रसिदहरुले समेत पुष्टि गरेको छ । ठेकेदार पक्षले यसरी नक्कली विल प्रयोग गरी नदीजन्य वस्तुहरुको अवैध दोहनका लागि जिल्ला स्थित प्रहरी, प्रशासन, पत्रकार तथा नगरपालिका कार्यालयलाई आफ्नो प्रभावमा पार्न भनी ठेक्काका साझेदार पक्षहरुसंग मासिक लाखौं रुपैया छुट्याउने समेत गरेका छन् ।

यसै गरी जिल्लाका अन्य खोला नाकाहरुमा हुने खोलाजन्य वस्तुको ठेक्का निकासीमा समेत ठेकेदार पक्षबाट नक्कली विलहरु प्रयोग हुने, मापदण्ड विपरित उत्खनन् गरिने र संझौता गरेको परिमाण भन्दा दोब्बर परिमाणमा नदीजन्य वस्तु निकासी गर्ने गरेका छन् ।

नगर उपप्रमुख सुनिता गुप्ताले नगरपालिकाबाट ठेक्का संझौता गरिएका कुनै पनि खोला नालामा यस प्रकारको अवैध दोहन हुन नदिने साझा न्यूजलाइ बताईन् । नगरपालिका दुब्लाउने, ठेकेदार मोटाउने यस प्रकारका अवैध गतिविधी विरुद्ध हाम्रो निरन्तर निगरानी रहन्छ, उपमेयर गुप्ताले भनिन् ।

नदिजन्य वस्तुको मापदण्ड विपरित निकासी तथा दोहनका कारण चुरे क्षेत्र संकटमा पर्दै गएको छ । जथाभावी उत्खननका कारण नदी क्षेत्र दक्षिणका गाउं वस्तीहरुमा पानीको सहत निकै तल झरेको छ । जसका कारण आम सर्वसाधारणहरुको हेण्डपाईपमा गर्मी याममा पानी नआउने समस्याहरु देखिने गरेको छ ।

पत्र पनि हेर्नुहोस:

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज