Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अधिकारमुखी सुधारिएको खाद्य प्रविधि प्रणाली परियोजनाको सार्वजनिक सुनुवाई

Author Avatar साझा न्यूज 4th April 2024 , 10:29 PM
अधिकारमुखी सुधारिएको खाद्य प्रविधि प्रणाली परियोजनाको सार्वजनिक सुनुवाई

साझा न्यूज । कपिलवस्तु
जर्मन संस्था डब्लु.एच.एच.को सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्र तथा फर्वाड नेपालको आयोजनामा कपिलवस्तुको शुद्धोधन गाउंपालिकामा आयोजित अधिकारमुखी सुधारिएको खाद्य प्रविधि प्रणाली परियोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । शुद्धोधन गाउंपालिकाको लवनी स्थित स्वास्थ्य केन्द्रको हलमा सम्पन्न कार्यक्रममा परियोजनाको तर्फबाट कमला सापकोटाले परियोजनाको उद्देश्य र सार्वजनिक सुनुवाईको औचित्यको बारेमा प्रकाश पारेकी थिईन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहजकर्ता दिनेश त्रिपाठीले परियोजनाका गतिविधी, परियोजना कार्यालयबाट प्रवाह भएका सेवा लगायतका विषयमा सेवाग्राहीहरुसंग प्रत्यक्ष भेटघाट गरी तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा परियोजनाका सेवाग्राहीहरुले आफुहरुले परियोजना अन्र्तगत विभिन्न सचेतनामूलक, सीपमूलक तालिमहरु प्राप्त गरेको, विभिन्न प्रकारका तरकारीहरुको विउ विजन प्राप्त गरेको, गोठ सुधारका कार्यक्रमहरु संचालन गरेको लगायतका विषयहरु प्रति खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरीले शुद्धोधन गाउंपालिकामा लागू भएको यो परियोजनाले गाउंपालिका क्षेत्रका परियोजनाका सेवाग्राहीहरुलाई पोषण, सरसफाई, स्वास्थ्य तथा जिविकोपार्जन लगायतका विषयमा सघाउ पुगेको बताए । कार्यक्रममा पालिकाका उपप्रमुख होम प्रसाद चौधरीले जिविकोपार्जन सुधार र स्वास्थ्य प्रणालीको सुधारका लागि अर्गानिक खेती तर्फ जोड दिनु पर्ने बताए । यसका लागि पालिका स्तरबाट हुन सक्ने सहयोगका लागि समग्र पालिकाको टीम आफुहरु तयार रहेको बताए ।

शुद्धोधन गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले उपभोक्ता हित संरक्षणका लागि हरेक नागरिक सचेत हुनु पर्नेमा जोड दिए । कार्यक्रममा पोषण बगैचा, थोपा सिचाई, बोर गरेर तरकारी खेती, छाडा चौपाया व्यवस्थापन लगायतका विषयहरुमा सेवाग्राहरुले आफ्ना धारणाहरु राखेका थिए ।

परियोजनाबाट संचालित क्रियाकलाप तथा आगामी कार्यक्रमका बारेमा शुद्धोधन गाउंपालिकाका पशु शाखा प्रमुख मणि प्रसाद गैरे, वडा अध्यक्ष मनोज यादव लगायतले जानकारी लिएका थिए । कार्यक्रममा डब्लु. एच. एच. का टेक्निकल कोर्डिनेटर उत्तम शर्मा, कालिका स्वावलम्वन सामाजिक केन्द्र कार्यसमिति सदस्य प्रवीण कुमार श्रीवास्तव, लगायत परियोजनाका अन्य अधिकृत तथा परिवर्तनका संवाहक चेन एजेन्ट र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन परियोजनाका अधिकृत अशोक लम्सालको संचालनमा सम्पन्न भएको थियो । यस प्रकारको सार्वजनिक सुनुवाई कार्यक्रम यशोधरा गाउंपालिका र मायादेवी गाउंपालिकामा पनि संचालन गरिने कार्यक्रम रहेको आयोजक संस्था कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

कृषि क्षेत्रलाई बढावा दिन कपिलवस्तु नगरपालिका ८ ले दयाे कृषकलाई स्प्रेयर ट्यांकी

कृषि क्षेत्रलाई बढावा दिन कपिलवस्तु नगरपालिका ८ ले दयाे कृषकलाई स्प्रेयर ट्यांकी

सशस्त्र प्रहरी बल बीओपी मर्यादपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सशस्त्र प्रहरी बल बीओपी मर्यादपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कपिलवस्तु जिल्लालाई पूर्णखोप सुनिश्चितता तथ दिगोपना घोषणा

कपिलवस्तु जिल्लालाई पूर्णखोप सुनिश्चितता तथ दिगोपना घोषणा

सूचना प्रविधिको विकासमा तीन तहको सरकारबिच सहकार्य जरुरी : मन्त्री गुरुङ

सूचना प्रविधिको विकासमा तीन तहको सरकारबिच सहकार्य जरुरी : मन्त्री गुरुङ

भर्खरै प्रकाशित

१६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

१६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

‘सङ्घीयता सुदृढीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकता’

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

दुई महिनामा ४७ फरार अभियुक्त पक्राउ

कृषि क्षेत्रलाई बढावा दिन कपिलवस्तु नगरपालिका ८ ले दयाे कृषकलाई स्प्रेयर ट्यांकी

कृषि क्षेत्रलाई बढावा दिन कपिलवस्तु नगरपालिका ८ ले दयाे कृषकलाई स्प्रेयर ट्यांकी

टोल विकास संस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

टोल विकास संस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज