काठमाडौँ – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पोखरातर्फ लगेको छ।
वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयबाट शुक्रबार बेलुका पक्राउ परेका उनलाई सडकमार्ग हुँदै पोखरा लगिएको हो।
उनलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले आजै प्रहरीलाई अनुमति दिएको थियो। अदालतको अनुमति पाएपछि लामिछानेलाई पक्राउ गरिएको छ।
सभापति लामिछाने पक्राउ पर्ने भएपछि रास्वपाका नेता कार्यकर्ता रास्वपा कार्यालय पुगेका थिए। लामिछाने पक्राउ परेपछि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।
















































