Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

Author Avatar साझा न्यूज 19th October 2024 , 6:02 AM
रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

पोखरा – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान कास्की प्रहरीको जिम्मा लगाइएको छ। उनलाई बिहान करिब २ बजेर ४५ मिनेटमा जिप्रका कास्की पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ। उनी कास्की प्रहरीको हिरासतमा छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौँस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी उनलाई स्थलमार्ग हुँदै पोखरा पुर्‍याइएको हो। पोखरा पुगेपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो।

लामिछानेलाई कास्की प्रहरी कार्यालय पुर्‍याउँदा राप्रपा उपाध्यक्ष स्वर्णिम वाग्ले त्यहाँ पुगिसकेका थिए। उनीसँगै केही कार्यकर्ता पनि त्यहाँ थिए।

रास्वपाका अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेल पनि काठमाडौँबाट सडकमार्ग हुँदै त्यहाँ पुगेका थिए। हिरासतमा वाग्ले, अर्याल र पौडेलले उनलाई भेटेका थिए।

सहकारी ठगी प्रकरणमा सूर्य थापा नेतृत्वको समितिले अनुसन्धान सिफारिस गरेपछि लामिछाने पक्राउ परेका हुन्। लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको अनुसन्धान प्रतिवेदनमा छ। यसअघि गोर्खा मिडियाका अर्का सञ्चालक छविराज जोशी पक्राउ परेर अनुसन्धानका लागि कास्की प्रहरीको थुनामा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

भर्खरै प्रकाशित

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज