Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

घोराही–तुलसीपुर सडकखण्ड चार लेनको हुने

Author Avatar साझा न्यूज 10th February 2025 , 11:08 AM
घोराही–तुलसीपुर सडकखण्ड चार लेनको हुने

घोराही, माघ २८ गते । दाङको घोराही–तुलसीपुर सडकखण्ड चार लेनको बनाउने भनेर ठेक्का लाग्ने भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले स्थलगत अध्ययन गरी लागत अनुमानको फाइल तयार गरेर ठेक्का लगाउने तयारी गरेको छ ।

ठेक्का स्वीकृतिका लागि सडक विभागमा पठाउने तयारी भएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय काठमाडौँका इन्जिनियर क्षितिज पोख्रेलले बताउनुभयो । उहाँका अनुसार सडक विभागले थप अध्ययन गरी अन्तिम स्वीकृति दिएपछि सडक स्तरोन्नतिका लागि माघ महिनाभित्रै ठेक्का टेन्डर प्रक्रिया अघि बढाउने तयारी छ ।

“सडकको स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि ठेक्का लगाउने प्रक्रिया अघि बढेको छ,” इन्जिनियर पोख्रेलले भन्नुभयो, ‘सडक विभागबाट स्वीकृत भएपछि ठेक्का हुन्छ ।” आयोजनाका अनुसार घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्मको करिब साढे २१ किलोमिटर लम्बाइ रहने र तिस मिटर चौडाइ रहने चार लेनको सडक स्तरोन्नतिका लागि करिब तीन अर्ब ९९ करोड रुपियाँ लागत अनुमान गरिएको छ । सडकको दायाँबायाँ १५/१५ मिटर सडक चौडाइ गरी स्तरोन्नति हुने गरी काम अघि बढाइएको आयोजनाले जनाएको छ ।

यसअघि भारतको एक्जिम बैङ्कको करिब दुई करोड २१ लाख अमेरिकी डलर सहयोगमा सडक निर्माणको काम सुरु भएको थियो तर भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टको लापर्बाहीले सडक निर्माण हुन सकेन । निर्माण व्यवसायीको लापर्बाहीका कारण सडकमा परेका खाल्टाखुल्टीका कारण भएको दुर्घटनाले पाँच वर्षको अवधिमा तिस जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरेपछि सरकारले नेपाली बजेटमै घोराही–तुलसीपुर चार लेन सडक निर्माणको कामलाई अघि बढाउने गरी मदन भण्डारी राजमार्ग अन्तर्गत राखेको थियो । घोराही–तुलसीपुर चार लेन सडकको काम २०७५ माघ महिनादेखि सुरु भएको थियो । ३० महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो ।

सुरुमा २०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने सहमति थियो तर त्यो अवधिमा छ प्रतिशत मात्र काम भयो । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक र २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भयो । त्यसमा पनि काम भएन, त्यसपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन ।

त्यसपछि चौथो पटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरिएकोमा त्यो अवधिमा पनि काम सक्ने अवस्था नदेखिएपछि सरकारले २०८० जेठ महिनामा ठेक्का सम्झौता रद्द गरेको थियो । यसअघि घोेराही उपमहानगरपालिका–१, कुइरेपानीदेखि तुलसीपुर उपमहानगरपालिका–६, हात्तीखौवासम्मको करिब २८ किलोमिटर सडक निर्माणका लागि ठेक्का लगाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

भर्खरै प्रकाशित

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज