Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जीर्ण बन्दै करोडौँका होल्डिङ सेन्टर

Author Avatar साझा न्यूज 18th February 2025 , 3:08 PM
जीर्ण बन्दै करोडौँका होल्डिङ सेन्टर

धनगढी, फागुन ६ गते । कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा करोडौँ रकम खर्चेर बनाइएको होल्डिङ सेन्टर जीर्ण बन्न थालेको छ ।

निर्माण पूरा भएको तीन वर्षसम्म प्रयोगमा नआउँदा होल्डिङ सेन्टर जीर्ण बन्न लागेको हो । कोभिड–१९ महामारीको क्रममा गौरीफन्टा नाका भएर भारतबाट फर्कनेको व्यवस्थापनका लागि मोहना सामुदायिक वन क्षेत्रमा होल्डिङ सेन्टर बनाइएको थियो तर २०७८ जेठ मसान्तमा होल्डिङ सेन्टर निर्माण पूरा हुँदासम्म महामारी घटेर अवस्था सहज बन्दै गएपछि होल्डिङ सेन्टर प्रयोगमा आउन सकेन ।

सेन्टर प्रयोगमा नआउँदा दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको वडाध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले यसलाई हस्तान्तरण गर्न खोजेको सुनेका छौँ । त्यसैले धनगढी उपमहानगरपालिकाले लिने भनेर हामीले छलफल चलाइरहेका छौँ ।” “होल्डिङ सेन्टरमा बालबालिका अस्पताल चलाउनका लागि पनि केही वर्ष पहिले कुरा अगाडि बढाइएको थियो,” उहाँले भन्नुभयो, “तर त्यसले सार्थकता पाएन ।”

सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/७९ मा २८ करोड ८१ लाख १२ हजार रुपियाँ खर्चेर बनाएको होल्डिङ सेन्टर कसलाई सुम्पिने भन्ने नै अहिलेसम्म टुङ्गो लागेको छैन । तत्कालीन समयमा नेपाली सेनाको अनुगमन र व्यवस्थापनमा निर्माण भएकाले होल्डिङ सेन्टरको हेरचाह सेनाको भवानी दल गण बोराडाँडीले गर्दै आएको छ । होल्डिङ सेन्टरको सुरक्षाका लागि त्यहाँ निर्माण पूरा भएदेखि नै नेपाली सेना खट्ने गरेका छन् ।

होल्डिङ सेन्टर कसलाई हस्तान्तरण गर्ने भन्ने नै अहिलेसम्म अन्योल रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने हो वा धनगढी उपमहानगरपालिकालाई दिइने हो ? त्यसबारे अहिलेसम्म केही टुङ्गो लागेको छैन ।”

कोभिड–१९ को कहर सुरु भएपछि भारतबाट फर्किने नेपाली कामदारलाई गौरीफन्टा नाकामा थेग्न हम्मे भएको थियो । नाकाबाटै महामारी अझ फैलिएको देखिएपछि स्वदेश फिर्ता हुनेलाई छुट्टै र सुरक्षित स्थानमा केही दिन होल्ड गर्नका लागि होल्डिङ सेन्टर निर्माण भएको थियो ।

२०७८ असार ३ गते ठेक्का पाई हनुमान कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य थाले पनि तोकिएको निर्माण अवधि भदौभित्र काम पूरा गर्न सकेन । निर्माण कम्पनीले तीन महिनाभित्रै निर्माण गर्नुपर्ने होल्डिङ सेन्टर २०७८ जेठमा पूरा हुँदासम्म महामारीले उत्पन्न परिस्थिति सहज बन्न थालेको थियो । होल्डिङ सेन्टर निर्माण हुँदासम्म अवस्था सहज बनेपछि ठुलो लगानीको संरचना प्रयोगमा आउन सकेन ।

होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

भर्खरै प्रकाशित

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज