Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा

Author Avatar साझा न्यूज 27th February 2025 , 4:57 PM
माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा

खोटाङ, फागुन १५ गते । खोटाङको घोपाटारस्थित माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा पुर्‍याइएकाे छ । दूधकोसी छेउमै बस्ती रहे पनि सिँचाइको अभाव हुँदा लिफ्टिङमार्फत कोसीको पानी तानिएको हो ।

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे घोपाटारमा ३३ घर माझी समुदायको बसोवास रहेको छ । तीन घर अन्य समुदायका पनि रहेका छन् । सबै घरलाई सिँचाइ सुविधा पुग्ने गरी लिफ्टिङ गरिएको घोपाटार सिँचाइ आयोजनाको औपचारिकरूपमा उद्घाटन गरिएको छ । सङ्घीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आयोजनाको उद्घाटन गर्नुभएको हो ।

डिसिआरयाल-जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजनाले ५५ लाख ६७ हजार लगानीमा दूधकोशीको पानी घोपाटार निकालेको हो । योजनाको काम सम्पन्न भएपछि बुधबार आयोजनाले हलेसी तुवाचुङ नगरपालिका र स्थानीय उपभोक्ता समितिलाई हस्तान्त्रण गरेको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो ।

चार घण्टा मा ८० हजार लिटर पानी तान्न सक्ने क्षमताको सौर्य लिफ्टिङ योजना सम्पन्न भएर सञ्चालनमा आएसँगै माझी समुदाय खुसी भएका छन् । गाउँमा रहेको मुख्य ट्याङ्कीमा करिब ८ महिना अगाडि पानी निकालिएको थियो । हाल उक्त मुख्य ट्याङ्कीबाट नागरिकको हरेक घरसम्म पानी पुर्‍याउने काम सम्पन्न भएपछि औपचारिकरूपमा उद्घाटन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

दूधकोसी भन्दा करिब १०० देखि २०० मिटर माथि रहेको घोपाटारमा खानेपानीका लागि दुःख सुख काम चलिरहेको थियो। तर सिँचाइका लागि पानी नहुँदा सबै जग्गा जमिन सुख्खा थिए । सिँचाइको सुविधासँगै माझी समुदायले आधुनिक तरकारी खेती सुरु गरिसकेको छ । आयोजनाले सबै घरलाई कृषि खेतीका लागि एउटा टनेला र थोपा सिँचाइ प्रदान गरेको छ । केही समय अघि घरमा पानी पुगेका परिवारले टमाटर, काउली, आलु लगायतका तरकारी फलाउन थालिसकेका छन् ।

माझी समुदायलाई जीविको पार्जनमा सहज होस् भनेर लिफ्टिङ योजना सञ्चालन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । सोही अनुसार अहिले तरकारी खेतीहरू पनि सुरु गरेको देखिएको उहाँको भनाइ छ ।

सिँचाइको सुविधा भएसँगै विभिन्न मौसम अनुसारको एवं बेमौसमी तरकारीसँगै फलफूल रोपेर आम्दानी गर्ने माझी समुदायको योजना छ ।

दूधकोसीको पानी लिफ्टिङ गरेर घोपाटार ल्याएसँगै माझी समुदायका करिब ४०० रोपनी जग्गा जमिन सिँचाइ हुने अनुमान गरिएको छ । लिफ्टिङ प्रणालीले माझी समुदायको जीवन यापनमा परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

भर्खरै प्रकाशित

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

पूर्वप्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज