Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लाखे नाच संरक्षणमा तानसेनका युवा

Author Avatar साझा न्यूज 24th July 2025 , 12:44 PM
लाखे नाच संरक्षणमा तानसेनका युवा

पाल्पा,  साउन ८ गते  । लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा कस्सिएका हुन् ।

खास गरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको मारमा परी विलुप्त प्रायः हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा आबद्ध युवाहरु जोगाउन सक्रिय भएर लागेका छन् । लाखे नाच खास गरी घण्टाकर्णदेखि सुरु भई कृष्ण जन्माष्टमीसम्म नाच्ने परम्परा रहेको छ ।

मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एक जना लाखे र अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौरी गाईको चमर र महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् ।

यहाँका युवाहरुले घण्टाकर्णकदेखि भगवती जात्रा (कष्ण जन्माष्टमी) को दिनसम्म हरेक दिन लाखे प्रदर्शन गर्ने समूहका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । “बाबु बाजेको परम्परा विर्सिन थाल्यौं, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ”, चित्रकारले भन्नुभयो, “लाखे नाच विस्तारै लोप हुँदै जान थालेको छ ।” अभियानस्वरुप युवाहरु लाखे जात्रामा ढोल र झ्याम्टा बजाएर आफ्नो जातिको संस्कृति र रीतिरिवाज प्रदर्शन गरिरहेका छन् ।

“अरु समुदाय माझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ, तर  नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ”, चित्रकारले भन्नुभयो । लाखे संरक्षणमा अन्य जातजातीले पनि उनीहरुलाई सहयोग गरेका छन् । लाखे नाचले नयाँ तथा पुराना पुस्तालाई आकर्षित गरेको छ । तानसेनको बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल, वसन्तपुरलगायतका स्थानमा लाखे नाच देखाइने योजना रहेको समूहका अध्यक्ष चित्रकारले  बताउनुभयो ।

केही दशकअघिसम्म नेवार समुदायमा मात्र प्रचलित लाखे नाच नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको स्थानीय राजेन्द्र गोपाल सिंह बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले तानसेनमा नेवारसहित अन्य समुदायको बसोबास रहेको छ,  यसको संरक्षण गर्न इच्छुकलाई सिकाउन आवश्यक छ ।”

हरेक दिन साँझ ६ बजेदेखि तीन घण्टा लाखे नाच देखाइने छ । काठमाडौँ उपत्यकामा प्रचलित लाखे नाच पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुने क्रममा छ । तानसेनसहित नेवार बस्ती भएका रामपुर, सराई, हार्थोक, आर्यभन्ज्याङमा पनि लाखेनाच नाचिने परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज