Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै

Author Avatar साझा न्यूज 5th August 2025 , 2:06 PM
एमालेले टुङ्गो लगायो सरकारमा जाने मन्त्री, कांग्रेस छलफलमै

मकवानपुर, साउन २० गते । नेकपा एमालेले बागमती प्रदेश सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहणसँगै मन्त्रिपरिषद् गठन मङ्गलबार दिउँसो हुँदैछ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित १४ मन्त्रालय रहेको बागमती प्रदेशमा एमालेले छ वटा मन्त्रालय पाउने छ । एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरु टुङ्गो लागेको जानकारी दिनुभयो ।

एमालेबाट बहादुर सिंह लामा तामाङ नेतृत्वको सरकारमा रहेका एक जना बाहेक सबै नयाँ अनुहार सरकारमा जाने भएका छन् । लामा नेतृत्वको सरकारमा रहनुभएका किरण थापा नयाँ सरकारमा दोहोरिने गरी निर्णय भएको नेता थपलियाले बताउनुभयो । थापाले पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ ।

यस्तै, मधुसूदन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र बिन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने गरी सरकारमा पठाइने नेता थपलियाले बताउनुभयो ।

कांग्रेसबाट सरकारमा जानेमा शिवराज अधिकारी र प्रभात तामाङको नाम चर्चामा छ । पूर्वमन्त्री सुरजचन्द्र लामिछानेले सरकारमा जाने मन्त्रीका बारेमा अझै छलफल चलिरहेको बताउनुभयो । उहाँका अनुसार कांग्रेसबाट पहिलो चरणमा दुई जनासम्म र विश्वासको मत लिएपछि भागमा परेका मन्त्रालयमा नियुक्ति गर्ने गरी छलफल भइरहेको छ ।

यसैबिच बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको नियुक्ति र शपथ ग्रहण मङ्गलबार हुने भएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदको दाबी गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गर्नुभएको समय दिउँसो २ बजे सकिँदै छ । उक्त आह्वान गरे लगत्तै नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार दाबी पेस गरिएको थियो ।

बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटासमक्ष प्रदेश सभाका दुई ठुला दल कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दाबीपेस गरेका हुन् । अर्को दाबी नपरेमा दुई ठुला दलको दाबी अनुसार कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । मङ्गलबार दिउँसो बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ लिने गरी तय भएको छ । मुख्यमन्त्रीको नियुक्ति र शपथसँगै मन्त्रिपरिषद् गठन र मन्त्रीहरुको शपथ ग्रहण गराइने भएको छ ।

बानियाँले कांग्रेसको ३७ जना र एमालेका २७ प्रदेश सभा सदस्यसहित ६४ जनाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको हो । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सरकार गठनका लागि ५६ जना प्रदेश सभा सदस्यको बहुमत आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कपिलबस्तु २ मा रास्वपाको अग्रता

दुई पूर्व मन्त्रीलाई पाखा लगाउँदै सांसद बनेका थापा को हुन् ?

कपिलबस्तु २ मा रास्वपाको अग्रता

कपिलबस्तु २ मा रास्वपाको अग्रता

भर्खरै प्रकाशित

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज