Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रामग्राममा २५० विपन्न विद्यार्थीलाई निःशुल्क पठनपाठन

Author Avatar साझा न्यूज 5th August 2025 , 2:43 PM
रामग्राममा २५० विपन्न विद्यार्थीलाई निःशुल्क पठनपाठन

पश्चिम नवलपरासी, साउन २० गते । पश्चिम नवलपरासीको  रामग्राम नगरपालिकाले नगरभित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी मेयर छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नगरका २३ वटा निजी विद्यालयमा २५० जना विद्यार्थीले कक्षा ४ देखि ११ सम्म निःशुल्क पढ्न पाउनेछन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नगरपालिकाबिच भएको सम्झौतापछि चालु शैक्षिक सत्रबाट यो कार्यक्रम लागू भएको नगर प्रमुख धनपत यादवले बताउनुभयो । यो पहलले निजी विद्यालयहरूलाई उनीहरूको सामाजिक उत्तरदायित्व बहन गर्न प्रोत्साहित गरेको उहाँले उल्लेख गर्नुभयो ।

छात्रवृत्तिका लागि कुल ७५० जनाले आवेदन दिएका थिए । नगरपालिकाले तोकेको मापदण्डका आधारमा परीक्षा लिई गरिब, विपन्न, जेहेन्दार, सीमान्तकृत समुदायका र सहिद परिवारका बालबालिकालाई छनोट गरिएको थियो । एक कार्यक्रममा छनोट भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र शैक्षिक सामग्री वितरण गरिएको छ ।

नगरप्रमुख यादवले सामुदायिक विद्यालयलाई कमजोर बनाउने हल्ला निराधार भएको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले यस कार्यक्रमले गरिब परिवारका बालबालिका पनि निजी विद्यालयमा पढ्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताउनुभयो ।

प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरको शैक्षिक सुधार अभियानमा निजी विद्यालयको तर्फबाट यो सहयोग गरिएको जानकारी दिनुभयो । यसैगरी, प्याब्सनका केन्द्रीय सल्लाहकार सुमनगोपाल आचार्यले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालका अनुसार छनोट प्रक्रिया पारदर्शी र मापदण्डमा आधारित थियो, जसले गर्दा सही विद्यार्थीले अवसर पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज