Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

Author Avatar साझा न्यूज 1st October 2025 , 8:26 AM
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

आश्विन शुक्ल नवमीका दिन आज (१५ असोज) दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् ।

सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन असोज ७ गते मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

चौथो दिन असोज ९ गते बिहीबार र पाँचौँ दिन असोज १० गते शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएर दुवै दिनको सूर्योदयकालमा चौथी परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । यस वर्षको नवरात्रको छैटौँ दिन असोज ११ गते शनिबार नवदुर्गामध्येकी पाँचौँ स्कन्दमाताको पूजाआराधना गरियो ।

सातौँ दिन असोज १२ गते आइतबार छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । आठौँ दिन असोज १३ गते सोमबार सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजाआराधना गरियो । नवरात्रको नवौँ दिन असोज १४ गते मङगलबार आश्विन शुक्ल अष्टमीमा महागौरी देवीको पूजाआराधना गरियो । नवरात्रको अन्तिम दिन आज आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको पनि विशेष पूजा आराधना गर्नुपर्ने समितिका सदस्य भट्टराईले बताउनुभयो । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष असोज १६ गते बिहीबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि समितिले बिहान ११ः५३ को साइत उत्तम रहेको जनाएको छ ।

दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् । दशैँको नवौँ दिन आज पनि शक्तिपीठमा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्छ ।

महानवमी नवरात्रको अन्तिम दिन भएकाले शक्तिपीठमा झन धेरै भक्तजन पूजा, आराधना र दर्शनका लागि पुग्ने गर्छन् । यसैगरी शक्तिपीठसहित घरघरमा पनि बलीसहित पूजाआराधना गरी नेपालीले आजको दिनलाई विशेष रूपमा मनाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

बाल गृहका बालबालिकाहरूसँग सजेसन क्षेत्रीले मनाए जन्मदिन

भर्खरै प्रकाशित

अल–कलममा परीक्षाफल प्रकाशन

अल–कलममा परीक्षाफल प्रकाशन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज