Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रौतहटका नौ स्थानीय तहको आर्थिक कारोबार बन्द

Author Avatar साझा न्यूज 19th October 2025 , 12:10 PM
रौतहटका नौ स्थानीय तहको आर्थिक कारोबार बन्द

रौतहट, कात्तिक २ गते । रौतहटका  नौ  वटा स्थानीय तहको आर्थिक कारोबार बन्द भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले गौर नगरपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गढिमाइ नगरपालिका र माधवनारायण नगरपालिकाको खाता बन्द गरेको छ ।

रौतहटका १८ वटा स्थानीय तहमध्ये चालु आर्थिक वर्षमा हालसम्म पाँच वटा स्थानीय तहमा मात्र दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेको छ निमित प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीमा रहेका रौतहटका १३ वटा स्थानिय तहमा प्रथम त्रैमासिकका लागि मात्र आर्थिक कारोबार सुचारु गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते महालेखा नियन्त्रक कार्यालयलाइ जानकारी गराएको थियो ।

देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका लागि सभा नै हुन् सकेको छैन भने गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा खाता सञ्चालन हुन सकेको छैन ।

राजदेवी नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ३१ गते शुक्रबार पुनः निमित प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

वृन्दावन नगरपालिकामा निमित प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको सरुवा भए पनि यहाँ बाट रमाना लिन नमानेकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले वृन्दावन नगरपालिकाको सम्पूर्ण खाता निष्क्रिय पारी दिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले  जनाएको छ ।

मन्त्रालयले निमित प्रमुख प्रशासकीय अधिकृतलाई पहिलो त्रैमासिकमा मात्र खर्चको अख्तियारी दिएको हुनाले पहिलो त्रैमासिकको अन्तिम दिन असोज ३१ गते शुक्रबार राति १० बजे नौ वटा स्थानीय तहको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लक गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले जानकारी दिनुभयो ।

दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइएको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, चन्द्रपुर नगरपालिका, यमुनामाइ गाउँपालिका र दुर्गा भगवती गाउँपालिकाको यथाबत रुपमा खाता सञ्चालन रहेको उहाँले बताउनुभयो ।

निमितलाई पुनः आर्थिक अख्तियारी दिने वा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्ने  निक्र्यौल  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरे पछि सुत्र लक गरिएका स्थानीय तहको खाता सञ्चालन हुने प्रमुख कोष नियन्त्रक गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज