काठमाडौं/ नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई गृहमन्त्रीले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा थियो।
सरकारले बुधबार नै केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो। मन्त्रिपरिषद्को आकस्मिक बैठकले दानबहादुर कार्कीलाई पदबाट हटाउँदै केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।
















































