Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

Author Avatar साझा न्यूज 20th November 2025 , 1:35 PM
सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार यस वर्ष प्रदेशभर ६ लाख ८७ हजार ८७७ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्षको ६ लाख ३६ हजार २९६ मेट्रिकटन भन्दा बढी हो । निर्देशनालयका अनुसार उत्पादनमा वृद्धि खेती गर्ने तरिका सुधार र उन्नत जातको बीउ प्रयोगका कारण भएको हो । गत वर्ष भन्दा कम धान उत्पादन भएपनि समग्र प्रदेशमा धान उत्पादनमा वृद्धि भएको हो ।

सुदूरपश्चिममा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्ष २०८०,८१ मा ६ लाख ७२ हजार ६५७  मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष भने ६ लाख ८१ हजार ७९७ मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष १ लाख ७८ हजार ९४६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा यो वर्ष सो भन्दा ५० हेक्टर क्षेत्रफल बढी अर्थात १ लाख ७८ हजार ९९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा ५० हेक्टर बढी क्षेत्रफलमा धानखेती गरिएको भएपनि उत्पादन भने गतबर्षभन्दा ९ हजार १४० मेटिक टन बढी भएको सुदुरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश सिंह ऐरीले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष अत्यधिक वर्षाका कारण आएको बाढीले धानबालीमा क्षति पुर्याउँदा उत्पादन कम भएको थियो । तर यो वर्ष धानबालीमा सामान्य वाहेक ठुलो कुनै नोक्सानी नहुँदा उत्पादन पनि बढेको हो । कैलाली र कञ्चनपुर जिल्लामा उत्पादन सबैभन्दा बढी रहेको छ । कैलालीमा ४.५ र कञ्चनपुरमा ४.४ प्रतिहेक्टर उत्पादन भएको छ । क्षेत्रफलका हिसाबले सुदूरपश्चिमका नौ ओटै जिल्लामध्ये कैलाली र कञ्चनपुरमा धानखेती बढी गरिन्छ । कैलालीमा सबैभन्दा बढी लाख उत्पादन भएको छ । यो वर्ष ६८ हजार ५४१ हेक्टर क्षेत्रफलमा धान लगाईएकोमा ३ लाख २४ हजार ८८४ मेट्रिक टन धान उत्पादन भएको छ । अन्न भण्डारको रुपमा रहेको कैलालीमा गत बर्षभन्दा १ हजार ६०४ मेट्रिक टन धान उत्पादन बढेको छ । मनसुनमा आएको उतारचढाव मलखादको अभाव र सिंचाईको असुविधाले उत्पादनमा असर नपरेको भए अझै धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख  टेकवहादुर बिष्टले जानकारी दिनुभयो ।

कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी १ लाख ९३ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । पहाडी जिल्लाहरुमा पनि विगतको भन्दा बढी धान उत्पादन भएको छ । पहाडी जिल्लामा सबैभन्दा बढी अछाममा १५ हजार ७७१ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ३८ हजार ७६४ मेट्रिक टन धान उत्पादन भएको छ । पहाडी जिल्लामा सबैभन्दा कम दार्चुलामा ४ हजार ४२२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा १२ हजार ५५८ मेट्रिक टन धान उत्पादन भएको छ । धान भित्र्याउने समयमा किसानहरुले सामान्य समस्या भोगेपनि धानको उत्पादन प्रदेशमा राम्रो भएको सुदुरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश सिंह ऐरीले जानकारी दिनुभयो ।

धानखेतीको समयमा आवश्यक सिचाई मलखाद र प्रविधिको प्रयोग बढाउनतिर धान दिन सकेमा आगामी बर्षहरुमा धान उत्पादन थप बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज