Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ग्रामीण बस्तीका नागरिकलाई घुम्ती शिविर सेवा

Author Avatar साझा न्यूज 3rd December 2025 , 12:28 PM
ग्रामीण बस्तीका नागरिकलाई घुम्ती शिविर सेवा

रामपुर (पाल्पा), मङ्सिर १७ गते । सार्वजनिक सेवामा जनताको पहुँच वृद्धिका लागि रामपुर नगरपालिकाले पालिकाको सेवा वडामा पुगेर प्रवाह गरेको छ । ग्रामीण क्षेत्रका जनताको सहजताका लागि घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको हो ।

नगरपालिकाको कार्यालय देखि भूगोल तथा दुरीका हिसावले टाढा रहेका ग्रामीण बस्तीका जनताको लागि शिविर बाटै सम्पूर्ण सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नं। १ र २ का ग्रामीण भेगका नागरिकलाई वडा नं। १ को कार्यालय परिसरमा शिविर सञ्चालन गरी सेवा दिएको हो । शिविर बाट योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा, आँखा तथा परीक्षण सहित विशेषज्ञ मार्फतस्वास्थ्य जाँच सेवा दिएको थियो ।

नगर प्रमुख रमण बहादुर थापाले स्थानीय सरकार जनताको सेवाको लागि साथमा छ भन्ने आभास दिलाउन नगरपालिका कार्यालय देखि दुरीका हिसावले पर रहेका नागरिकको लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । विगतका वर्षदेखि सञ्चालन भएको शिविरलाई थप परिस्कृत गर्दै निरन्तरता दिईएको जानकारी दिनुभयो । नगरपालिका कार्यालयको सेवामा आम नागरिकको पहुँच वृद्धि गर्न शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले यस पश्चात वडा नं। ९ मा पनि शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीले सहज रुपमा सेवा लिन पाउने नागरिकको अधिकारलाई प्रत्याभूति दिलाउन शिविर सञ्चालन गरिएको नगर प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो । शिविरबाट ४ सय ८५ भन्दा बढी सेवाग्राहीले सेवा लिएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो  । शिविर बाट स्वास्थ्य जाँच सेवा १७० जना,  ल्यावसेवा १८५ जना, आँखा परीक्षण सेवा १३० जना, कान परीक्षण सेवा ७० जनाले लिएका टन् । आँखा परीक्षण गरिएका मध्ये ११ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

त्यस्तै  सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक सेवा ४२ जना र अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र सेवा ६ जनाले लिएका छन् । साथै शिवर बाट २७ वटा योजनाको सम्झौता गरिएको छ । साथै पशु सेवा १७० जना र कृषि सेवा २०६ कृषकले लिएका छन् । आयुर्वेद सेवा १०१ जनालाई प्रदान गरिएको छ । कालीगण्डकी आँखा उपचार केन्द्र र रामपुर अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य तथा आँखा परीक्षण सेवा प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

उद्धार गरिएकी महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भर्खरै प्रकाशित

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज