Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

त्रिशूली नदीमा दुई युवक बेपत्ता, खोजी कार्य जारी

Author Avatar साझा न्यूज 4th January 2026 , 12:43 PM
त्रिशूली नदीमा दुई युवक बेपत्ता, खोजी कार्य जारी

सुलीकोट, पुस २० गते । गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । त्रिशूली नदीको झाेलुङ्गे पुल नजिकै नदीमा पस्दा अचानक बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसारा निवासी २१ वर्षीय शङ्कर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु छन् । दुबै जना गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली हाइड्रोपावर आयोजनामा कार्यरत मजदुर भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जना सिइ कन्ट्रक्सन प्रालिमार्फत कामका लागि उक्त आयोजनमा आएको पाइएको छ । घटनापछि खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो ।

शनिबार बेलुका नै नदी आसपासका क्षेत्रमा खोजी गरिए पनि उनीहरुको कुनै अत्तोपत्तो नलागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्रिशुली नदीमा नदीको बहाब तीव्र भएकाले खोजी कार्य आइतबार बिहानबाट पनि थप जनशक्ति र उपकरणसहित खोजी कार्यलाई निरन्तरता दिइने योजना रहेको  सशस्त्र प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले नदीमा नुहाउँदा सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । घटनाले स्थानीयवासी तथा आयोजनामा कार्यरत मजदुरलाई स्तब्ध बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज