Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोसेबालीको खेती घट्दै

Author Avatar साझा न्यूज 7th January 2026 , 3:44 PM
कोसेबालीको खेती घट्दै

गुलरिया (बर्दिया), पुस २३ गते । माटो प्राकृतिक उपचारका लागि महत्वपूर्ण मानिएको कोसेबाली खेती बर्दिया लगायतका तराईको जिल्लामा घट्दैगएको छ । तीन तहकै सरकारले कोसेबाली खेती प्रणालीमा ध्यान नदिँदा कोशेबाली खेती घट्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

बर्दियाको गुलरिया, मधुवन र ठाकुरबाबा नगरपालिकाका अगुवा किसानले सो कुरा बताएका हुन् । स्थानीय तहले कोसेबाली खेतीका लागि कुनै पनि कार्यक्रम नराखेको गुनासो उनीहरूले गरेका छन् ।

कृषकहरूले अरु खाद्यन्न बाली खेतीमा जोड दिने गरेको र कुनै पनि निकायले कोसेबाली खेतीका लागि प्रबर्धन नगरेको मधुवन नगरपालिकाका अगुवा किसान गजेन्द्रराज पोखरेलले बताउनुभयो । नगरपालिकाले अरु बाली खेतीमा अनुदान दिने, प्रबर्धन गर्दै आए पनि कोसेबालीलाई उपेक्षा गरेको उहाँको गुनासो छ ।

कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेको आयोजनामा कोसेबाली खेती तथा बीउ उत्पादन उन्नत प्रविधिसम्बन्धी स्थलगत तालिममा सो कुरा उठेको हो । अगुवा किसानले कोसेबाली खेती नगरेको कारणले माटोको उर्वरा शक्ती घट्दैगएको बताएका छन् ।

खेती प्रणालीमा एक बर्षमा एक पटक कोसेबालीको खेती गर्दा माटोको उर्वराशक्ती बढ्ने, रासायनिक मलको प्रयोगमा कमी ल्याउन सकिने र किसानलाई मुनाफा पनि बढी हुने भएकाले कोसेबाली खेतीलाई प्रवर्धन गर्नुपर्ने गुलरिया नगरपालिका १ खैरापुरका कृषक दिपक पौडेलले बताउनुभयो ।

उहाँले किसानहरू कोसेबाली खेती प्रविधिको बारेमा पर्याप्त सचेतना र जानकारीको आवश्यक भएको बताउनुभयो । मधुवन नगरपालिकाका कृषि विकास शाखाका प्रमुख एकराज वलीले यस वर्ष पहिलो पटक कोसेबाली खेतीको प्रवर्धनका लागि बजेट विनियोज गरेको बताउनुभयो । आगामी वर्षमा अन्य खेती प्रणालीका लागि भन्दा पनि कोसेबाली खेतीको प्रवर्धन गर्ने योजना ल्याउने बताउनुभयो ।

कोसेबाली अनुसन्धान कार्यक्रम खजुराको कार्यक्रम संयोजक डा. अनिल पोखरेलले राज्यले अपहेलित गरे पनि किसानहरू कोसेबाली खेती अपनाउँदै आएको बताउनुभयो । उहाँले अरु बालीहरूको तुलनामा आम्दानी राम्रो र माटोको उर्वराशक्ती बढाउने भएकाले किसानले कोसोबाली खेती गर्दैआएको बताउनुभयो ।

अझै पनि सरकारले र किसानले कोसेबालीलाई मुख्यबालीको रुपमा नलिएको हुनाले यसको खेतीमा कमी आएको डा. पोखरेलले बताउनुभयो । बर्दियामा उखु, धान र गहुँ खेतीको विस्तारसँगै कोसेबाली ओझेलमा परेको छ । कोसेबाली ओझेलमा परेसँगै माटोको उर्वराशक्तिमा कमी आउँदा रासायनिक मलको माग बढ्दैगएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज