Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गिद्ध संरक्षणका लागि विषालु औषधी नियन्त्रण गर्नुपर्ने

Author Avatar साझा न्यूज 8th January 2026 , 6:10 PM
गिद्ध संरक्षणका लागि विषालु औषधी नियन्त्रण गर्नुपर्ने

तौलिहवा(कपिलबस्तु), पुस २४ गते । गिद्ध संरक्षणलाई दीगो बनाउँदै विषालु औषधीको प्रयोग नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कपिलवस्तुको तौलिहवामा सम्पन्न अन्तरक्रिया तथा कार्यशालामा पशु स्वास्थ्य, वन, संरक्षण तथा कृषि क्षेत्रका विज्ञहरूले गिद्ध घट्नुको प्रमुख कारणमध्ये विषालु औषधि रहेको औँल्याउँदै प्रभावकारी नियन्त्रण अपरिहार्य रहेको बताएका हुन् ।

कार्यक्रम नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्यसमिति कपिलवस्तु, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्य तथा बर्ड कन्जर्भेसन नेपालको आयोजनामा सम्पन्न गरिएको हो ।

एसोसिएसन कपिलवस्तुका जिल्ला अध्यक्ष परमेश्वर यादवले जिल्लामा नेपाल सरकारले प्रतिबन्ध लगाएका औषधिको प्रयोग करिब ९५ प्रतिशत नियन्त्रणमा आइसकेको जानकारी दिनुभयो । अझै केही स्थानमा जोखिम कायमै रहेकाले निरन्तर अनुगमन र सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जयप्रकाश गुप्ताले विद्युत् प्रशारण लाइन, मानवीय गतिविधि, डढेलो, हावाहुरी, रोग तथा सिनोमा विषको प्रयोग गिद्धका लागि चुनौती बन्दै गएको बताउनुभयो । कपिलवस्तुको राजापानी वन क्षेत्रमा मात्रै एक सयभन्दा बढी गिद्धका गुँड फेला परेको उहाँले जानकारी दिनुभयो ।

पन्छी संरक्षण संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले सन् २००९ देखि गिद्ध संरक्षण कार्ययोजना कार्यान्वयनमा आएको र सन् २०१७ देखि गिद्धको स्वास्थ्य परीक्षण तथा स्याटेलाइट ट्यागिङ सुरु गरिएको बताउनुभयो । सुरक्षित मापदण्ड पूरा गरेपछि गण्डकी र लुम्बिनी क्षेत्र विश्वकै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको उहाँले उल्लेख गर्नुभयो । गिद्ध संरक्षण दीर्घकालीन बनाउन सरकारी निकाय, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी डा. उर्मिला भट्टराईले विषालु औषधिले गिद्धको कलेजो र मिर्गौलामा गम्भीर असर पु¥याउने वैज्ञानिक तथ्य प्रस्तुत गर्दै पशु उपचारमा सुरक्षित औषधिको प्रयोग अनिवार्य गर्नुपर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत शिवलाल घिमिरेले गिद्ध संरक्षण कार्यक्रम गाउँ–गाउँसम्म विस्तार गरी जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुकई प्रसाद थारुले गिद्ध वातावरणीय सन्तुलन, सार्वजनिक स्वास्थ्य तथा जैविक विविधताको संरक्षणका लागि अत्यन्त महत्वपूर्ण प्रजाति भएको बताउनुभयो । कार्यक्रममा विभिन्न पालिकाका पशु शाखाका प्रमुख एवम् प्रतिनिधि, एग्रोभेट सञ्चालक लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज