Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालमै पहिलो मत्स्य अभयारण्य घोषणा

Author Avatar साझा न्यूज 9th January 2026 , 11:22 AM
नेपालमै पहिलो मत्स्य अभयारण्य घोषणा

गुलरिया (बर्दिया), पुस २५ गते । बर्दिया र कैलालीको बिचमा रहेको कर्णाली नदीको शक्तिघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको हो ।

राजापुर र टीकापुर नगरपालिका नदी तटीय क्षेत्र स्थानीयको सहभागितामा माछा र जलचरको संरक्षणका लागि मत्स्य अभयारण्य क्षेत्र गरिएको हो । राजापुर नगरपालिका–३ को टेडिया घाटदेखि वडा नं. ४ को छेदियाघाटसम्म र टीकापुर नगरपालिका–८ को फाँटादेखि अर्नवाघाटसम्म मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको हो ।

नदीआसपासका दुवै नगरपालिका र स्थानीयवासीको सहमति तथा सहभागितामा मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूले बताउनुभयो । उहाँले तोकिएको क्षेत्रभित्र माछा मार्न जाल थाप्न नपाइने बताउँदै आसपासका क्षेत्रमा पनि प्रजनन समयभन्दा बाहेकको समयमा महाजाल, विषादी, करेन्ट र विस्फोटक पदार्थको प्रयोग नगरी माछा मार्न पाइने बताउनुभयो ।

“हामीले अहिलेसम्म माछाको स्वाद लिन पाएका छौँ । हाम्रा छोरानातिले पनि माछाको स्वाद लिन पाऊन् भनेर मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेका हौँ,” उहाँले भन्नुभयो, “माछा संरक्षणले स्थानीयलाई नै फाइदा हुन्छ, अध्ययन र पर्यटकीय क्षेत्रका रूपमा पनि विकास गर्न सकिन्छ ।”

माछा संरक्षणका लागि मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको बताउँदै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले यसलाई घोषणामा मात्र सीमित नबनाई नगरपालिकाले कार्यविधि बनाएर नै लागु गर्ने बताउनुभयो । नदी तटीय क्षेत्रका स्थानीयवासीको सहभागितामा १५ वटा समूह बनाई संरक्षण सुरु गरिएको उहाँले बताउनुभयो ।

सांस्कृतिक जगेर्नाका लागि माछाको समयचक्र अनुसार मापदण्ड बनाई निश्चित अवधि तोकेर माछा मार्नसमेत दिइने नगरप्रमुख डगौराले बताउनुभयो । माछामा आश्रित नदी तटीय क्षेत्रका स्थानीयवासीका लागि वैकल्पिक आयमूलक कार्य गर्ने, माछा आपूर्तिका लागि माछापालनमा सहयोग गरिने र जीविकोपार्जनमा सहयोग गरिने योजना छ । सो क्षेत्रमा अवैध र अव्यवस्थित रूपमा नदीजन्य पदार्थ उत्खननमा समेत रोक लगाइएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले कर्णाली शक्तिघाट क्षेत्र नेपालकै पहिलो मत्स्य अभयारण्य क्षेत्र भएको बताउनुभयो । उहाँले जलीय जैविक विविधता संरक्षणका लागि नेपाल पहिलो र उदाहरणीय काम भएको बताउनुभयो ।

जलचर संरक्षणकर्मी विजयराज श्रेष्ठले मत्स्य अभयारण्य क्षेत्र लागु भएपछि कर्णाली नदी अध्ययन र पर्यटकीय स्थल बन्ने बताउनुभयो । उहाँले माछाको संरक्षणसँगै घडियाल गोही, डल्फिन र ओतको पनि संरक्षण हुने बताउनुभयो ।

नेपालमै पहिलो पटक घोषणा गरिएको सो क्षेत्रमा डल्फिन, ओत र घडियाल गोही विचरण गर्ने क्षेत्र हो । जथाभाबी तरिकाले माछा मार्न रोकिएपछि माछासँगै अरू जलचरको संरक्षण हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज