Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भेरी अस्पतालमा प्रसुति सेवामा चाप, उपचारमा समस्या

Author Avatar साझा न्यूज 9th January 2026 , 11:30 AM
संघर्ष समितिद्वारा चौथो चरणको आन्दोलन घोषणा

कञ्चनपुर, पुस २५ गते । कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी दर्ता प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । बिहीबार जिल्लाको बेदकोट नगरपालिकाका ९३ भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जग्गा धनी प्रमाणपत्र रातो पुर्जा वितरण गरिएको हो ।

विगतका आयोगले तयार पारेका सेतो पुर्जालाई भूमि समस्या समाधान आयोग कञ्चनपुरले तयार गरी बनाएको रातो पुर्जालाई वितरण गरिएको हो । बेदकोट नगरपालिका वडा नम्बर ८ र ६ का ९३ स्थानीयलाई भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल तथा बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले हस्तान्तरण गर्नुभएको थियो ।

पालिकाको वडा नम्बर ६ का ३२ परिवार र वडा नम्बर ८ का ६१ परिवारलाई रातो पुर्जा हस्तान्तरण गरिएको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले बताउनुभयो ।

लालपुर्जा बनाउन पालिकाले वार्षिक लाखौँ खर्च गर्दे आएको तर अझै दस हजार स्थानीयलाई पुर्जा वितरण गर्न बाँकी रहेकाले समयमै सबैलाई पुर्जा वितरण गर्नका लागि भूमि आयोगले आवश्यक कदम चाल्नुपर्नेमा नगरप्रमुख बोहराले जोड दिनुभयो ।

“यस आयोगको म्याद दुई वर्ष मात्रै बाँकी रहेकाले उक्त अवधिमा सबैलाई पुर्जा वितरण गर्न सकिने अवस्था देखिँदैन” उहाँले भन्नुभयो, “समयमै पुर्जा वितरणका लागी समस्याको पहिचान गरी भूमि आयोगले तत्परता देखाउन जरुरी छ ।” सबैलाई समयमै पुर्जा वितरण गर्नका लागि पालिकाले गर्नुपर्ने काममा सहयोग गर्ने नगर प्रमुख बोहराले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख तुलसी जोशीले विगतका आयोगबाट सम्भावित अधुरा कार्य ‘सेतो पुर्जा गर्ने’ कामलाई पूर्णता दिइएको बताउनुभयो । बेदकोटका ७१२ सेतो पुर्जा रहेकोमा गत वर्ष पनि ८२ पुर्जा वितरण गरिएको थियो । यसैगरी यस वर्ष ९३ गरी १७५ जनालाई रातो पुर्जा वितरणको काम सम्पन्न गरिएको उपप्रमुख जोशीले बताउनुभयो । अझै ५३७ सेतो पुर्जाले पूर्णता पाउन बाँकी रहेकाले उक्त पुर्जा शीघ्र वितरण गरिन भूमि आयोगका केन्द्रीय अध्यक्ष रिजाललाई उहाँले आग्रह गर्नुभयो । ५३७ पुर्जालाई प्रमाणीकरण गरी सबैलाई समयमै पुर्जा वितरणको कार्य अगाडी बढाउन उपप्रमुख जोशीले आयोगलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै बेदकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख अशोक कुमार चन्दले सेतो पुर्जालाई रातो पुर्जा बनाएर वितरण गरिए पनि तोकिएको १० वर्षे हदम्याद हटाइनु पर्ने बताउनुभयो । हदम्यादका कारण पुर्जा धनीहरूले केबल कृषि प्रयोजनमा मात्रै जमिन प्रयोग गर्न पाउने तथा बैङ्किङ लगायत सन्तानको पालन पोषणमा आवश्यक परेका बेला पुर्जा प्रयोग गर्न नपाउने भएकाले यसलाई सरकारले सहजीकरण गरी हदम्याद हटाउनु पर्नेमा निवर्तमान नगरप्रमुख चन्दले जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले पुर्जा वितरणको कामलाई सहज बनाउन स्थानीय र संघ सरकारले आवश्यक कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । भूमिहीन नागरिकले सम्पत्तिको हकबाट वञ्चित हुन नपाउने संविधानमै उल्लेख भएकाले पुर्जा वितरणको कामलाई सहज तुल्याउन आवश्यक नीति नियम बनाएर सहजीकरण गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै बेदकोट नगरपालिका–८ का अध्यक्ष महेशराज जोशीले झन्डै ६१ वर्षपछि यहाँका १३१ परिवारलाई लालपुर्जा वितरण गर्न सफल भएका बताउनुभयो । “वर्षौदेखि जमिन उपभोगदेखि संरक्षण गर्दै आएका किसानले ढिलो गरी लालपुर्जा पाएका छन्”, उहाँले भन्नुभयो, बाँकी स्थानीयलाई पनि समयमै पुर्जा वितरणका लागि आयोगसँग आग्रह गर्नेछौँ ।”

यसैगरी, कार्यक्रममा सहभागी स्थानीय पदम बोहराले हाल सेतो पुर्जालाई रातो पुर्जा बनाएर वितरण गरिएसँगै आगामी दिनमा अव्यवस्थित बसोवासीलाई पनि जमिनको पुर्जा प्राप्त गर्ने अवसर प्रदान गर्न आयोगसँग आग्रह गर्नुभयो ।

वर्षाैको प्रतीक्षापछि रातो पुर्जा पाएपछि स्थानीयहरूले हर्ष व्यक्त गरेका छन् । बेदकोट नगरपालिका–८ गैलनदीका प्रकाशचन्द्र जोशीले पुर्जा दिलाउनमा आवश्यक पहल गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । वर्षेदेखि पुर्जा पाउने आसा बोकेका वडा नम्बर ६ सिसैका पल्टी रानाले यस पटक पुर्जा पाएसँगै जग्गाको मालिक बन्ने सपना पूरा भएको भन्दै हर्ष व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज