Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने

Author Avatar साझा न्यूज 9th January 2026 , 11:33 AM
एक लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला

गुल्मी, पुस २५ गते । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना गर्नका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी (निर्वाचन सेल)ले जारी गरेको सूचना अनुसार जिल्लामा १६ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परीचालनसम्बन्धी एकिकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधी–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकाले यस जिल्लामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सारुका अनुसार यस जिल्लामा निर्वाचन प्रहरीका लागि एक हजार १९ जना पुरुष, ६७६ जना महिला माग गरिएको छ । आज पुस २५ शुक्रबारदेखि माघ १ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले जिल्ला प्रहरी कार्यालय गुल्मीमा आवेदन दिन पाइनेछ । निर्वाचन प्रहरी हुनका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ ।

त्यस्तै शारीरिक तथा मानसिक रुपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इन्च, तौल ४२ के.जी. भएको, महिलाको हकमा गर्भवती नभएको/नरहेको हुनुपर्ने उहाँले बताउनुभयो । निर्वाचन प्रहरी छनोट गर्नका लागि प्राथमिकताका आधारहरु राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वन रक्षक भएका हुनुपर्नेछ ।

नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालमा वि.सं. २०८१ माघ १ गतेदेखी २०८२ पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाको हकमा प्रवेश पत्र पेश गर्ने व्यक्ति, यस अघि सम्पन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएको नेपाली नागरिक हुनुपर्ने बताइएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम रहेको छ । उहाँका अनुसार महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता रहेका छन् । हालसम्म यस जिल्लामा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यस जिल्लामा १४ सय ६० म्यादी प्रहरी भर्ना गरिएको थियो । जसमा ११ सय ३२ पुरुष र ३२८ महिला रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज