Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विशेष महाधिवेशनलाई लिएर लमजुङ कांग्रेसमा ध्रुवीकरण

Author Avatar साझा न्यूज 9th January 2026 , 11:37 AM
कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

लमजुङ, पुस २५ गते । नेपाली कांग्रेसका बहुसङ्ख्यक नेता तथा कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । विशेष महाधिवेशनलाई लिएर जिल्लामा ध्रुवीकरण देखिएको छ । कूल २७ जना महाधिवेशन प्रतिनिधिमध्ये २२ जना विशेष महाधिवेशनको पक्षमा स्पष्ट रुपमा खुलेका छन् । यो कूल सङ्ख्याको ८१.४८ प्रतिशत हो ।

कूल २७ जनामध्ये पाँच जना महाधिवेशन प्रतिनिधि भने विशेष महाधिवेशनको विपक्षमा देखिनुभएको छ । पार्टी सभापति एवम् गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर र पार्टीका पूर्वसभापति तथा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला पनि विशेष महाधिवेशनको विपक्षमा उभिनुभएको छ ।

पूर्वसभापति एवम् गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, लगायत २१ जना प्रतिनिधिले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक अवस्थालाई आधार मानेर विशेष महाधिवेशन आह्वानको माग गर्दै असोजमै हस्ताक्षर गर्नुभएको तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङले बताउनुभयो । यसअघि हस्ताक्षर नगर्नुभएका महाधिवेशन प्रतिनिधि तथा नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बिहीबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन नै गरेर विशेष महाधिवेशनको पक्षमा उभिएको घोषणा गर्नुभएको थियो ।

लमजुङबाट २८ जना महाधिवेशन प्रतिनिधि रहेकामा दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधनपछि हाल प्रतिनिधि संख्या २७ कायम छ । तटस्थ रहेको दाबी गर्दै आउनुभएका कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री तथा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे पनि विशेष महाधिवेशनको समर्थनमा उभिनुभएको छ । विदेशमा रहेका महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङले समेत हस्ताक्षर पठाएर विशेष महाधिवेशनको समर्थन गर्नुभएको छ ।

लमजुङका दुवै क्षेत्रीय सभापति, ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ३ गाउँपालिकाका पार्टी सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । जिल्ला सचिव विमल श्रेष्ठ, २ जना क्षेत्रीय सभापति र स्थानीय तहका ७ जना पार्टी सभापतिले बिहीबार पार्टीको लेटरप्याडमै हस्ताक्षर गर्दै महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन सार्वजनिक आह्वान गर्नुभएको छ । दोर्दी गाउँपालिका सभापति विच्छबहादुर घले विशेष महाधिवेशनको पक्षमा खुलेका खुल्नुभएको छैन । जिल्ला कार्य समितिका सभापति डा.टकराज गुरुङसँगै उपसभापति आनन्द घिमिरे, श्रीकान्त घिमिरे र सचिव कृष्णबहादुर अधिकारी नियमित महाधिवेशनको पक्षमा उभिनुभएको छ ।

सचिव अधिकारीले पार्टीको आधिकारिक लाइन र निर्णय बिना जसले जतिवेला मनलाग्यो त्यतिवेला महाधिवेशन बोलाउन नसक्ने बताउनुभयो । अर्का सचिव विमल श्रेष्ठले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई ‘नयाँ कांग्रेस’ बनाउने उद्देश्यसहित विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज