Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लोकसेवा परीक्षामा भनसुन चल्दैन : पूर्व अध्यक्ष मैनाली

Author Avatar साझा न्यूज 9th January 2026 , 12:36 PM
लोकसेवा परीक्षामा भनसुन चल्दैन : पूर्व अध्यक्ष मैनाली

काठमाडौं, पुस २५ गते । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले लोकसेवा परीक्षामा कुनै किसिमको पक्षपात, विभेद र कसैमाथि अन्याय नहुने हुनाले जेहेन्दारले अवसर पाउनेगरेको बताउनुभएको छ । ‘लोकसेवामा पनि भनसुन हुन्छ कि ! भन्ने आशंका छ भने त्यो आशंका आजैबाट हटाइदिनुस्’ उहाँले आग्रह गर्नुभयो ।

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा ‘लोकसेवा परीक्षा अनलाइन तयारी कक्षा सञ्चालन उद्घाटन कार्यक्रम’ मा शुक्रबार यहाँ उहाँले सो आग्रह गर्नुभएको हो ।

“लोकसेवा परीक्षामा कुनै किसिमको चलखेल हुँदैन, प्रस्तुति राम्रो हुनेले अवसर पाउँछन्” उहाँले भन्नुभयो, “सामाजिक न्यायका लागि आरक्षणको व्यवस्था गरिएको छ, हाम्रो समाज जस्तो छ, त्यस्तै निजामती कर्मचारी क्षेत्रमा चित्र आउनुपर्छ भनेर यो व्यवस्था गरिएको हो ।”

आदिबासी जनजाति कोटा र खुला कोटामा परीक्षा दिएका आदिबासी विद्यार्थीले पनि खुलाबाटै टप गरेको उदाहरण रहेको बताउँदै उहाँले थप्नुभयो, “लोकसेवामा भनसुन चल्दैन, कापी चेक गर्नेलाई कसको कापी चेक गरेको हो भन्ने पनि थाहा हुँदैन, लोकसेवाको जाँच निष्पक्ष छ, ढुक्क भएर तयारी गर्नुस् ।” कापी चेक गर्ने विज्ञले ४० प्रतिशतभन्दा कम र ७० प्रतिशतभन्दा बढी नम्बर दिँदा भने कारणसहित दिनुपर्ने उहाँको भनाइ छ ।

कर्मचारी क्षेत्र मुलुकको स्थायी सरकार भएको चर्चा गर्दै उहाँले घुस्याहा र फौजदारी अपराध गर्ने कर्मचारीलाई मात्र बिचैमा हटाउन सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो । कर्मचारीहरु सेवानिवृत्त हुँदा पनि सुविधाको व्यवस्था रहेको, कर्मचारीको निधन हुँदा घरका परिवारको उत्तराधिकारवाला सदस्यले समेत पेन्सन पाउने व्यवस्था हुँदा पनि कर्मचारीले घुस खानु राष्ट्रप्रति गद्दारी गरेको ठहरिने उहाँको भनाइ छ ।

केही कर्मचारीको गल्तीले सिङ्गो कर्मचारी क्षेत्रको बदनाम हुने हुनाले कर्मचारीहरु इमानदार र देश र जनताको सेवामा समर्पित हुनुपर्ने उहाँको सुझाव छ । जनताको घरदैलोको सरकार भनेकै कर्मचारी भएको बताउँदै उहाँले भन्नुभयो, “प्रधानमन्त्री, मन्त्रीहरु दूरदराजका जनताको घरदैलोमा पुग्नु हुँदैन, जनताको घरदैलोमा पुग्ने भनेकै सरकारी कर्मचारी हो, कर्मचारीले गर्ने काम र निर्णय सरकारको काम र निर्णय हुन्छ, त्यसैले पनि कर्मचारी जनताप्रति बढी जिम्मेवार हुन सक्नुपर्छ ।”

विश्वास गुम्न दिनुहुन्न

अहिलेको अवस्थामा कर्मचारी क्षेत्र जनताको उपेक्षामा रहेको बताउँदै उहाँले भन्नुभयो, “केही कर्मचारी घुस्याहा हुँदा कर्मचारीको सेवाबाट जनताको विश्वास हट्नेगरेको छ, नयाँ आउने कर्मचारीले त्यो विश्वास जित्नुपर्छ । लोक सेवाले काम गर्ने भनेकै प्रणालीमा हो, दायाँबायाँ गर्ने छुट हुँदैन ।”

कर्मचारीले घुस खाने प्रवृत्ति डेनमार्क देशबाहेक सबै ठाउँमा धेरथोर रहेको भए पनि घुस खानु भनेको देश र जनताप्रतिको बेइमानी भएको उहाँले बताउनुभयो । “छिमेकी मुलुक चीनमा भ्रष्टाचार गर्ने कर्मचारीलाई मृत्युदण्डको सजाय छ, तैपनि भ्रष्टाचार गर्ने मुलुकको सूचीमा चीन ७० औं स्थानमा छ । हाम्रो यहाँ मृत्युदण्ड दिने कानुन छैन, हामी १०७ औं स्थानमा छौं” उहाँले भन्नुभयो, “कर्मचारी हुनु भनेको सेवा गर्नु हो, घुस खानु होइन । घुस खाने कुरा सोच्नु पनि हुँदैन ।”

आकर्षक पेशा

कर्मचारी पेशा असाध्य आकर्षक पेशा भएको उहाँले बताउनुभयो । आफ्नो उदाहरण दिँदै पूर्व अध्यक्ष मैनालीले भन्नुभयो, “म पनि पहिले गाउँको स्कूलमा मास्टर थिएँ । मेरो बुवा प्रधानपञ्च हुनुहुन्थ्यो । जिल्लाको सिडिओहरु बुवालाई भेट्न आउँदा घोडामा बसेर अघिपछि सुरक्षाकर्मी लिएर आउँदा ठुलो सान देखें । त्यही सान देखेर म मास्टरी नोकरी छाडेर लोकसेवा उत्तीर्ण गरी निजामती कर्मचारीमा आएको थिएँ । गृहसचिव, लोकसेवाको अध्यक्ष भएर अहिले सेवानिवृत्त भएको छु ।”

‘कर्मचारी देश र जनताको सेवक हुन् । आफ्नो कर्तव्यमा कर्तव्यनिष्ठ भएर सेवा गर्नुपर्छ । सबै कर्मचारी इमान्दार भइदिने हो भने देश बनाउन समय लाग्दैन । नयाँ युवापुस्ताले त्यो कुराको मनन गर्नुपर्छ’ उहाँले आग्रह गर्नुभयो, “निजामति कर्मचारी भएपछि टिकटक बनाएर बस्ने होइन, टिकटक बनाउने काम सेलिब्रेटीहरुको हो, कर्मचारीलाई त्यो छुट छैन ।” निजामति कर्मचारी क्षेत्रमा महिलाहरुको सहभागितामा वृद्धि हुँदैगएको बताउँदै उहाँले ३० प्रतिशत महिलाको निजामतीमा प्रतिनिधित्व भइसकेको उहाँले बताउनुभयो ।

 

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले निजामति क्षेत्रमा आदिवासी समुदायको अझै प्रतिनिधित्व नपुगेको बताउनुभयो । ३५ दशमलब ४ प्रतिशत आदिवासी भए पनि निजामतिमा १६ दशमलब ९ प्रतिशतमात्र कर्मचारी रहेको उहाँले बताउनुभयो । आदिवासी युवायुवतीले लोकसेवा परीक्षामा अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उहाँले सुझाव दिनुभयो ।

नेटवर्क एजुकेशनल एकेडेमीको व्यवस्थानमा भएको उदघाटनसत्रमा लोकसेवा तयारीमा रहेका विद्यार्थीको सहभागिता थियो । प्रतिष्ठानले ३ महिने लोकसेवाको तयारी कक्षा सुरु गरेको छ । त्यसमा विज्ञहरुले अनलाइनमार्फत कक्षा लिने उपाध्यक्ष गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज