Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खाद्य स्वच्छता र गुणस्तरमा सम्झौता नगर्न आग्रह

Author Avatar साझा न्यूज 9th January 2026 , 1:16 PM
खाद्य स्वच्छता र गुणस्तरमा सम्झौता नगर्न आग्रह

तौलिहवा(कपिलबस्तु), पुस २५ गते । खाद्य स्वच्छता र गुणस्तरमा सम्झौता नगर्न सरोकारवालाहरुले जाेड दिनुभएकाे छ । खाद्य स्वच्छता तथा सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको समन्वयमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीको आयोजनामा गरिएको हो ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उपभोग्य वस्तुको गुणस्तर र स्वास्थ्यमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले उत्पादनदेखि बजारसम्म गुणस्तर कायम गर्न नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमकी अध्यक्ष तथा निर्देशनालयकी शारदा बस्याल बेल्बासेले खाद्य स्वच्छता समाजको साझा सरोकार भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादिन कुर्मीले उपभोक्ताले गुणस्तरप्रति सचेत रहनुपर्ने बताउँदै होटल तथा खाद्य व्यवसायीले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेले उपभोक्ता आफैं सचेत नभएसम्म बजार अनुशासन सम्भव नहुने उल्लेख गर्दै यस क्षेत्रमा राज्यका निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निर्देशनालयकी अध्यक्ष शारदा बस्याल बेल्बासे र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख राजेन्द्रसिंह लोधले खाद्य गुणस्तर, सुरक्षा मापदण्ड तथा नियमन प्रणालीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन विनयकुमार पुडासैनीले गरेका थिए । कार्यक्रममा पर्यटन व्यवसायी, नागरिक समाजका, बेकरी, मिठाई पसल, होटल तथा रेस्टुरेन्ट व्यवसायी, उपभोक्ता प्रतिनिधि लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज